ताप्लेजुङमा एक वर्षमा ५३ मानव अधिकार उल्लङ्घनका घटना




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङमा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन सम्बन्धी ५३ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जनाएको छ । ईन्सेकले मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पुर्व बुधबार वार्षिक समिक्षा कार्यक्रम गर्दै उक्त घटना भएको जनाएको हो । इन्सेक ताप्लेजुङका जिल्ला प्रतिनिधि एलिना दियालीले बुधवार २०८१ साल पुस १६ देखि २०८२ मङ्सिर २४ गतेसम्म जिल्लामा भएका मानव अधिकारसँग सम्बन्धित घटनाका बारेमा वार्षिक समीक्षा प्रस्तुत गर्नुभएको हो । उहाँका अनुसार ५३ वटा घटनामध्ये २९ वटा घटनामा महिला पीडित भएको देखिएको छ ।

घटनाबाट १४ पुरुष र ७ बालिका पीडित भएको इन्सेकले जनाएको छ । जिल्लामा महिला तथा बालबालिकाहरू आफ्नै छिमेकी, नातेदार, आफन्त र चिनजानकै व्यक्तिबाट बलात्कार तथा यौन दुरव्यवहारमा परिरहनु परेको इन्सेकको भनाई छ ।इन्सेकका अनुसार जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनामा १३ वर्षीया बालिकादेखि ७२ वर्षीय ज्येष्ठ नागरिकसम्म पीडित भएका छन्। इन्सेकले ताप्लेजुङ जिल्लामा दीर्घकालिन पुनस्थापना केन्द्र नहुँदा हिंसामा परेका महिला तथा बालबिज्याईंमा परेका बालबालिकालाई सुधार तथा संरक्षणका लागि जिल्ला बाहिर पठाउनु परेको बाध्यताम्क अवस्था रहेका उल्लेख गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

विद्युतीय तारबारको उचित व्यवस्थापनको अभावमा विद्युतीय तार लत्रिएर मानिसको ज्यान जाने गरेको घटनाप्रति इन्सेकले विद्युत् प्राधिकरण र सम्बद्ध निकायको ध्यानाकर्षण गरेको छ। मानव तस्करीकै झल्को दिने भारत उत्तराखण्डको रुद्रपुर घटनामा मानिसको ज्यान जानुपर्ने अवस्था र त्यहाँ अलपत्र करिब ६ सय मानिसको उद्धारका लागि गरिएको प्रहरी पहलको इन्सेकले स्वागत गरेको छ। नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा नाका टिपताला भञ्ज्याङ सञ्चालनमा समेत सरकारलाई आवश्यक पहल गर्न ध्यानाकर्षण गराएको छ ।

सन् २०२५ को डिसेम्बर १ देखि सोही वर्षको डिसेम्बर ९ सम्म भएका मानवसँग सम्बन्धित घटनाको अभिलेखीकरण गरी सरोकारवालाको राय सुझाव समेत लिएर इन्सेकले प्रकाशित गर्ने मानव अधिकार वर्ष पुस्तक २०२६ का सन्दर्भमा इन्सेक ताप्लेजुङले वार्षिक समीक्षामार्फत राय सुझाव सङ्कलन गरेको जिल्ला प्रतिनीधि दियालीले बताउनुभयो ।

प्रकाशित मिति : 12:16 pm

कक्षा १–५ मा २० जना विद्यार्थी नभए विद्यालयको तह घटाइने

ताप्लेजुङ, असार ३१ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले कक्षा १–५

मेरिङदेनमा गोठ सुधारका लागि ५० प्रतिशत अनुदान

ताप्लेजुङ, असार ३० गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले गोठ तथा

मैवाखोलामा १८ वर्ष भन्दा कम उमेरका बालबालिकाले मदिरा र सुर्तिजन्य सामग्री ओसारपसार गर्न नपाउने

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा १८ वर्ष

सिरिजङ्घा गाउँपालिकाद्वारा पत्रकार पुर्कुटी सम्मानित

ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले पत्रकार सन्तोष

श्रमदानबाटै समृद्धि सम्भव स् हर्क साम्पाङ

ताप्लेजुङ, असार २८ गते । श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्कराज