सिरिजङ्गा गोल्डकपः आज धरान र भारत भिड्दै




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंङ्गा गोल्डकपको तेस्रो क्वाटर फाईनल खेलमा आज धरान र भारत भिड्दै छन् । आज हुने तेस्रो क्वाटर फाईन खेलमा मरिक एफसी धरान र भारत सिलिगुडीको पारिजात फुटबल संघ भिड्न लागेका हुन् । यो खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा वाइवाइ पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तर पराजित गर्दै न्यू स्टार झापा सेमिफाईनमा प्रवेश गरेको छ । यसअघि मंगलबार भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

गोल्डकपको विजेताले नगद ३ लाख ३२१ रुपैँया र उपविजेताले एक लाख ५० हजार ३२१ रुपैँया सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 12:08 pm

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला

समाजसेवी लिम्बूद्वारा सिबु आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

ताप्लेजुङ, माघ १९ गते । फक्ताङलुङ गाउँपालिकाको श्री सिबु आधारभूत

सुपर काबेली ‘ए’ ले साधारण शेयर निष्कासन गर्ने 

ताप्लेजुङ, माघ १८ गते । सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले

अपर मेवा जलविद्युतको सुरुङ मार्ग खन्ने कार्य सुरु

ताप्लेजुङ, माघ १८ गते । ताप्लेजुङमा निर्माणाधीन अपर मेवा जलविद्युत