सिरिजङ्गा गोल्डकपः आज धरान र भारत भिड्दै




रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंङ्गा गोल्डकपको तेस्रो क्वाटर फाईनल खेलमा आज धरान र भारत भिड्दै छन् । आज हुने तेस्रो क्वाटर फाईन खेलमा मरिक एफसी धरान र भारत सिलिगुडीको पारिजात फुटबल संघ भिड्न लागेका हुन् । यो खेल दिउँसो २ बजेबाट सुरु हुनेछ ।

बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा वाइवाइ पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तर पराजित गर्दै न्यू स्टार झापा सेमिफाईनमा प्रवेश गरेको छ । यसअघि मंगलबार भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

गोल्डकपको विजेताले नगद ३ लाख ३२१ रुपैँया र उपविजेताले एक लाख ५० हजार ३२१ रुपैँया सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 12:08 pm

तेम्बा बजारका आगलागी पीडितलाई पुषे मेला बजार व्यवस्थापन समितीको आर्थिक सहयोग

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बा बजारका आगलागी

ताप्लेजुङमा एक वर्षमा ५३ मानव अधिकार उल्लङ्घनका घटना

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा एक वर्षको अवधिमा मानव अधिकार उल्लङ्घन

सिरिजङ्गा गोल्डकपः आज धरान र भारत भिड्दै

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंङ्गा गोल्डकपको

न्यू स्टार झापा सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंगा गोल्डकपमा

लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको आयोजनामा बुधबार लैंगिक हिँसा