न्यू स्टार झापा सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश



रेडियो काबेली
ताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंगा गोल्डकपमा न्यू स्टार झापा सेमिफाईनमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो सेमिफाईनल खेलमा वाइवाइ पाँचथर फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोलअन्तर पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको हो । निर्धारित समयमा भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको हो ।

खेलको प्लेयर अफ दी म्याच झापाका रिचार्ड विल्सन हुनुभयो । उहाँले नगद २ हजार ५ सय प्राप्त गर्नुभयो । बिहिबार (भोलि) मरिक एफसी धरानले भारत सिलिगुडीको पारिजात फुटबल संघसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि मंगलबार भएको पहिलो क्वाटरफाईनल खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

गोल्डकपको विजेताले नगद ३ लाख ३२१ रुपैँया र उपविजेताले एक लाख ५० हजार ३२१ रुपैँया सहित ट्रफी पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट मिडफिल्डरलाई समान ५–५ हजार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताउनुभयो । गोल्डकपमा ८ वटा टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : 9:11 pm

न्यू स्टार झापा सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको सिरिजङ्गा गाउँपालिकामा जारि पाँचौ सिरिजंगा गोल्डकपमा

लैंगिक हिँसा बिरुद्धको १६ दिने अभियान सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको आयोजनामा बुधबार लैंगिक हिँसा

तेल्लोक स्पोर्टिङ क्लब सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर २३ गते । तेल्लोक स्पोर्टि क्लब ताप्लेजुङ अन्तराष्ट्रिय

ताप्लेजुङ युके युवा समाजको अध्यक्षमा आशा ओख्राबू

दिनेश लिङ्खिमयुके लण्डन, मंसिर २३ गते । ताप्लेजुङ युके युवा

ताप्लेजुङमा शसस्त्र प्रहरीले बरामद गरेको ६ सय केजी बढी अवैध माछा नष्ट 

ताप्लेजुङ, मंसिर २३ गते । शसस्त्र प्रहरी बल नेपाल नं. १