तेल्लोक स्पोर्टिङ क्लब सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ, मंसिर २३ गते । तेल्लोक स्पोर्टि क्लब ताप्लेजुङ अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको उद्‌घाटन खेलमा रेडहर्ष फुटबल क्लब इलामलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै आयोजक समेत रहेको तेल्लोकले बिजयी यात्रा सुरु गरेको हो । 

खेलको निर्धारित समयमा दुबै टिमबाट समान १–१ गोल पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । भोलि बुधवार न्यु स्टार क्लब बिर्तामोड, झापाको वाइवाई पाँचथर एफ।सि।ले सामना गर्ने भएको छ ।

यस्तै मंसिर २७ गते विदेशी टिम पारिजात सङ्घ एफ।सि। भारत र मरिक एफ।सि। धरानबिच प्रतिस्पर्धा हुने छ भने मंसिर २८ गते अन्तिम क्वाटरफाइनमा सागुरिगढि एफ।सि। धनकुटा र म्याङ्लुङ स्पोर्टिङ युवा क्लबको प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको विजेताले तीन लाख ३ सय २१ रुपैयाँ र उपविजेताले एक लाख ५० हजार ३ सय २१ रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागततर्फ सर्वोकृष्ट खेलाडीसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

ऐतिहासिक व्यक्तित्व तेअङ्सी सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्तीको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता आगामी मंसिर २९ गते सम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : 5:44 pm

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक

फुङ्लिङ नगरपालिकाद्धारा चार उत्कृष्ट बुहारी सम्मानित

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले हरितालिका तीजको

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ