ताप्लेजुङ, मंसिर २३ गते । तेल्लोक स्पोर्टि क्लब ताप्लेजुङ अन्तराष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मङ्गलबार भएको उद्घाटन खेलमा रेडहर्ष फुटबल क्लब इलामलाई ट्राइबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै आयोजक समेत रहेको तेल्लोकले बिजयी यात्रा सुरु गरेको हो ।
खेलको निर्धारित समयमा दुबै टिमबाट समान १–१ गोल पछि खेल ट्राइबेकरमा धकेलिएको थियो । भोलि बुधवार न्यु स्टार क्लब बिर्तामोड, झापाको वाइवाई पाँचथर एफ।सि।ले सामना गर्ने भएको छ ।
यस्तै मंसिर २७ गते विदेशी टिम पारिजात सङ्घ एफ।सि। भारत र मरिक एफ।सि। धरानबिच प्रतिस्पर्धा हुने छ भने मंसिर २८ गते अन्तिम क्वाटरफाइनमा सागुरिगढि एफ।सि। धनकुटा र म्याङ्लुङ स्पोर्टिङ युवा क्लबको प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको विजेताले तीन लाख ३ सय २१ रुपैयाँ र उपविजेताले एक लाख ५० हजार ३ सय २१ रुपैयाँ नगद पुरस्कारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् । विधागततर्फ सर्वोकृष्ट खेलाडीसहित विभिन्न विधामा छनोट हुने खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
ऐतिहासिक व्यक्तित्व तेअङ्सी सिरिजङ्गासिंह थेबेको ३२१ औं जन्मजयन्तीको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता आगामी मंसिर २९ गते सम्म सञ्चालन हुनेछ ।






प्रतिक्रिया