ताप्लेजुङ युके युवा समाजको अध्यक्षमा आशा ओख्राबू



दिनेश लिङ्खिम
युके लण्डन, मंसिर २३ गते ।
ताप्लेजुङ युके युवा समाजको अध्यक्षमा आशा ओख्राबू चयन हुनुभएको छ । समाजको पहिलो अधिवेशनले ओख्राबूको अध्यक्षता मा ५० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरूमा क्रमश आकास थेबे, तेज आङ्बुहाङ, देव चोङ्बाङ र रन्जित पालुङ्वा चयन हुनुभएको छ । यस्तै महासचिवमा दिनेश लिङ्खिम, सचिवमा जस बिर लङ्वा, कोषाध्यक्षमा डम्बर सावाँ र सह कोषाध्यक्षमा विजय लिम्बू चयन हुनुभएको छ ।

युकेको अक्सफोर्ड केन्ट स्थित डि।एन।जी। मा एक कार्यक्रमको बिच अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सन्चार विभाग प्रमुखमा लालहाङ थलङ चयन गरेको छ भने सांस्कृतिक विभाग प्रमुखमा तारा प्रकाश साँवा र सदस्यमा मोहन साँवा चयन गरेको छ ।

साथै संरक्षक सदस्यहरूमा लालहाङ थलङ, धन थलङ, देउ प्रकाश चङ्बाङ ए।डी।,रबिनसन मादेन र तारा इङ्वारम चयन हुनुभएको छ । सन् २०२२ मा स्थापना भएको ताप्लेजुङ युके युवा समाजले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । यो सँगै समाजले बिभिन्न भाषा, संस्कार, संस्कृति संरक्षण तथा सम्वर्द्धन गर्दै सामाजिक कार्यमा टेवा पुर्‍याउँदै आइरहेको सचिव जसवीर लङ्वाले बताउनुभयो ।

प्रकाशित मिति : 5:26 pm

प्रथम शहिद कप माघ १६ गतेदेखी हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम सहिद कप हुने भएको

वरकदेन गोल्ड कपको उपाधि हाङपाङलाई 

ताप्लेजुङ, माघ ८ गते । तेस्रो वरकदेन गोल्ड कपको उपाधि

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको