ताप्लेजुङ युके युवा समाजको अध्यक्षमा आशा ओख्राबू



दिनेश लिङ्खिम
युके लण्डन, मंसिर २३ गते ।
ताप्लेजुङ युके युवा समाजको अध्यक्षमा आशा ओख्राबू चयन हुनुभएको छ । समाजको पहिलो अधिवेशनले ओख्राबूको अध्यक्षता मा ५० सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षहरूमा क्रमश आकास थेबे, तेज आङ्बुहाङ, देव चोङ्बाङ र रन्जित पालुङ्वा चयन हुनुभएको छ । यस्तै महासचिवमा दिनेश लिङ्खिम, सचिवमा जस बिर लङ्वा, कोषाध्यक्षमा डम्बर सावाँ र सह कोषाध्यक्षमा विजय लिम्बू चयन हुनुभएको छ ।

युकेको अक्सफोर्ड केन्ट स्थित डि।एन।जी। मा एक कार्यक्रमको बिच अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सन्चार विभाग प्रमुखमा लालहाङ थलङ चयन गरेको छ भने सांस्कृतिक विभाग प्रमुखमा तारा प्रकाश साँवा र सदस्यमा मोहन साँवा चयन गरेको छ ।

साथै संरक्षक सदस्यहरूमा लालहाङ थलङ, धन थलङ, देउ प्रकाश चङ्बाङ ए।डी।,रबिनसन मादेन र तारा इङ्वारम चयन हुनुभएको छ । सन् २०२२ मा स्थापना भएको ताप्लेजुङ युके युवा समाजले बिभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । यो सँगै समाजले बिभिन्न भाषा, संस्कार, संस्कृति संरक्षण तथा सम्वर्द्धन गर्दै सामाजिक कार्यमा टेवा पुर्‍याउँदै आइरहेको सचिव जसवीर लङ्वाले बताउनुभयो ।

प्रकाशित मिति : 5:26 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका