नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 



ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी मंसिर २५ गते एकता सन्देश सभा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मलेनको आयोजना गरि एकता सन्देश सभा गर्ने बारे जानकारी गराइएको हो ।

एकता सन्देश सभामा कार्यकर्ताको प्रशिक्षणमूलक भेला गरिने नेपाली कम्युनिष्ट पार्टीका नेता विष्णु हाङ्बाङले जानकारी दिनुभयो । उहाँका अनुसार एकता सन्देश भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय नेता तथा पूर्व मन्त्री हरिवोल गजुरेल, केन्द्रीय नेता तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई र केन्द्रीय नेता हर्क बहादुर नेम्बाङको उपस्थिति हुने छ ।

कार्यक्रम फुङलिङ बजारको होटल जन्नुइनको सभाहलमा बिहान ११ बजेबाट सञ्चालन हुने बताइएको छ । नेपाली कम्युनिष्ट पार्टी विभिन्न दस वामपन्थी दल र अन्य समूहको एकताबाट गत कात्तिक १९ गते एकताको घोषणा भएको थियो । यो सँगै ताप्लेजुङमा पनि नेपाली कम्युनिष्ट पार्टीले सभा मार्फत एकताको सन्देश दिन लागेको हो । 

प्रकाशित मिति : 5:57 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)