सेसेलुङ महिला गोल्डकप : आठराई त्रिवेणीलाई पराजित गर्दै पाथीभरा याङ्वरक सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगितामा खेलको १७औं मिनेटमा आठराई त्रिवेणीका प्रिती गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको १८औं मिनेटमा पाथीभरा याङवरक गाउँपालिकाका अम्बिका लावतीले गोल गर्दै टिमलाई बराबरीमा फर्काउन सफल हुनुभएको थियो । 

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको हो । यता शनिबार भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै विजय सुरुवात गरेको छ । यो सँगै मैवाखोला गाउँपालिका पनि सेमिफाइनलमा प्रवेश गरेको हो । 

यस्तै सोमबार फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 5:10 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि