सेसेलुङ महिला गोल्डकप : आज पाथीभरा याङ्वरक र आठराई त्रिवेणी भिड्दै 



ताप्लेजुङ, मंसिर ९ गते । कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेलमा आज पाथीभरा याङ्वरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका बिच हुँदै छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगितामा आज पाथीभरा याङ्वरक र आठराई त्रिवेणी बिच आमने सामने हुने भएको हो । 

हिजो भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पाराजित गर्दै विजय सुरुवात गरेको छ । यो सँगै मैवाखोला गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । 

भानु जन माविको खेल मैदानमा सञ्चालन भएको उद्घाटन खेलमा खेलको ७१औं मिनेटमा मैवाखोलाका नानुमा लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । यस्तै खेलको ८२औं मिनेटमा फेरी मैवाखोलाकै विर्षना लिम्बूले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउनुभयो । 

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ । 

प्रकाशित मिति : 6:50 am

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान

भारी वर्षाको सम्भावना भएको भन्दै पाथीभरा याङवरकद्धारा सतर्क रहन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आगामी

ताप्लेजुङमा तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङमा तीन दिन उच्च सतर्कता

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ