कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप : मैवाखोलाको विजयी यात्रा सुरु 



ताप्लेजुङ, मङ्सिर १३ गते । कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगितामा मैवाखोला गाउँपालिकाले विजय सुरुवात गरेको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) २०८२ को अवसर आजबाट सुरु भएको प्रतियोगिता मैवाखोला गाउँपालिकाले विजय सुरुवात गरेको हो ।

भानु जन माविको खेल मैदानमा सञ्चालन भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पाराजित गर्दै विजय सुरुवात गरेको छ । यो सँगै मैवाखोला गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । 

खेलको ७१औं मिनेटमा मैवाखोलाका नानुमा लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । यस्तै खेलको ८२औं मिनेटमा फेरी मैवाखोलाकै विर्षना लिम्बूले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउनु भएको हो । आइतबार हुने दोस्रो क्वाटर फाइनल खेलमा पाथिभरा याङवरक गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिका विच प्रतिस्पर्धा हुँदै छ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ । 

प्रकाशित मिति : 5:53 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम