भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति



ताप्लेजुङ, मंसिर १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । शुक्रबार करिब साढे चार बजेको समयमा लक्ष्मी तामाङको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । 

विद्युत सर्ट भएर तामाङको पाँच तले टिनले छाएको पक्की घरमा आगलागी भएको प्रहरी निरीक्षक जट्टा शंखर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट घरको टिनको छाना, काठपात, मेसिनरी सामग्री, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री र सोलार जडानका उपकरण जलेर नष्ट भएका भएको छ । 

उक्त घरमा सिदिङ्वा गाउँपालिकाको क्वाटर रहेको थियो । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । आगो प्रहरी चौकी थुम्बेदिन, सिनाम र अस्थायी प्रहरी चौकी खाम्दिम्बेबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा करिब दुई घण्टाको प्रयासपछि आगो करिब साँझ साढे ६ बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : 6:44 am

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम