ताप्लेजुङबाट सर्वसम्मत रुपमा एमालेको प्रतिनिधि चयन



ताप्लेजुङ, मंसिर १२ गते । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको लागि ताप्लेजुङबाट सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिएको छ । आगामी मंसिर २७ गतेदेखि हुने महाधिवेशनका लागि ताप्लेजुङबाट १२ जना प्रतिनिधिको नामावली सर्वसम्मत ढङ्गले टुङ्गो लगाइएको हो ।

सर्वसम्मत रुपमा छनोट गरिएको नामावली निर्वाचन समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो । निर्वाचन अधिकृत राजकुमार चुँडालका अनुसार खुल्लातर्फ दिपेन पोमु, घनेन्द्र मादेन, अनन्त साँवा, कैलास राई, ज्ञानु लावती र छत्रपति प्याकुरेल सर्वसम्मत प्रतिनिधिका लागि चयन हुनु भएको छ ।

यस्तै महिलातर्फ रनमाया गुरुङ, मिना केदेम, प्रमिला खनाल घिमिरे र टिका सुबेदी भट्टराई चयन हुनु भएको निर्वाचन अधिकृत चुँडालले बताउनु भयो । चुँडालका अनुसार युवातर्फ गोपाल न्यौपाने र दलिततर्फ बुद्धिमान परियार चयन हुनु भएको छ । सर्वसम्मत नभए भोलि मतदान गर्ने अन्तिम तयारी समेत रहेको थियो ।

जसको लागि प्रत्येक वडा कमिटीको कार्यालयमा मतदान केन्द्र हुने गरि मतदान स्थल समेत तोकिएको थियो । सम्बन्धित वडाकै अध्यक्ष वा अध्यक्ष नभए उपाध्यक्ष र उपाध्यक्ष पनि नभए सचिव मतदान अधिकृत रहने गरि जिम्मेवारी समेत दिइ सकिएको थियो । मतदान गर्ने तयारी सहित केही वडामा मतपेटिका समेत पु¥याइ सकिएको नेताहरुले बताएका थिए ।

तर अन्तिम समयमा आएर सहमति जुटेसँगै मतदानसम्म नपुगि नेताहरुले सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरेको एमाले ताप्लेजुङले जनाएको छ । ताप्लेजुङमा ७ हजार ८७ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : 5:51 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी