प्रधानमन्त्री बन्न पार्टी खोलेको मेयर हर्क साम्पाङको भनाई 



साहारा लिम्बू 
ताप्लेजुङ, मंसिर ११ गते ।
धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफू प्रधानमन्त्री बन्न पार्टी खोलेको बताउनुभएको छ । विहीबार श्रम संस्कृति पार्टी सङ्गठन घोषणाका लागि ताप्लेजुङ आउनुभएको साम्पाङले आफू अरुलाई नभई आफू नै प्रधानमन्त्री बन्नका लागि पार्टी खोलेको बताउनुभएको हो । 

उहाँले घोषणा सभालाई सम्बोधन गर्दै भन्नुभयो, “मैले अरुलाई प्रधानमन्त्री बनाउन पार्टी खोलेको होइन म आफैं प्रधानमन्त्री बन्ने हो ।” प्रधानमन्त्री बन्ने दम आफू सँग मात्र भएको उहाँको दावी थियो । 

आफू आत्मविश्वास भएको मान्छे भएका कारण प्रधानमन्त्री अरुलाई होइन आफू बन्ने मेयर साम्पाङको भनाई छ । यो देश जलिरहेको बेला ढली रहेको बेला पनि देशको जिम्मा लिन्छु भनेर जाने पनि आफू मात्रै रहेको बताउनुभयो । अरु सबै भागेर लुकेको उहाँको आरोप छ ।

साथै एक पैसा पनि भ्रष्टाचार नगर्ने उहाँको प्रतिबद्धता रहेको छ । आफूले टालाटुली सरकारमा विश्वास नगर्ने उहाँको भनाई छ । नेपाली जनताले आफ्नो पार्टी बहुमत दिनुपर्ने बताउनुभयो । यदि श्रम संस्कृति पार्टीले बहुमत पाएको खण्डमा देशमा परिवर्तन ल्याउने यदि परिवर्तन ल्याउन नसके देश नै छोड्ने घोषणा गर्नुभएको छ । 

राई नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले समेत आधिकारिक रुपमा दल दर्ताको प्रमाण पत्र उपलब्ध गराएको छ । अहिले राई देश व्यापी रुपमा सङ्गठन बिस्तारका लागि व्यस्त हुनुहुन्छ ।

छिमेकी जिल्लाहरू पाँचथर र इलाममा यस अघि नै श्रम संस्कृति पार्टी गठन गरि सकिएको छ ।

प्रकाशित मिति : 7:31 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि