धरानका मेयर हर्क साम्पाङ फुङलिङ आउँदै



ताप्लेजुङ, मंसिर ११ गते । ताप्लेजुङमा श्रम संस्कृति पार्टीको सङ्गठन निर्माणका लागि आज धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई फुङलिङ आउँदै हुनुहुन्छ ।

श्रम संस्कृति पार्टीले आज ताप्लेजुङको फुङलिङ बजारमा रहेको तोक्मे डाँडामा कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम दिनको १२ बजेबाट सुरु हुने जिल्ला संयोजक निम तेन्जी शेर्पाले जानकारी दिनुभयो ।

छिमेकी जिल्ला पाँचथर र इलाममा यस अघि नै श्रम संस्कृति पार्टी गठन गरि सकिएको छ । राई नेतृत्वको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले समेत आधिकारिक रुपमा दल दर्ताको प्रमाण पत्र उपलब्ध गराएको छ । अहिले राई देश व्यापी रुपमा सङ्गठन बिस्तारका लागि बिभिन्न जिल्ला गइराख्नुभएको छ ।
 

प्रकाशित मिति : 7:11 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि