ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइयो



ताप्लेजुङ, मंसिर ९ गते । ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक जट्टाशंकर यादवका अनुसार प्र १–०३–०० प ५४९९ नम्बरको दावा शेर्पाको हराएको करिब १० दिनपछि फेला पारिएको हो । आइतबार फुङलिङ –५ काम्बाङ गाउँका स्थानीय रामप्रसाद दाहालको जङ्गलमा बेवारिसे अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

पार्किङ गरिराखेको ठाउँबाट मोटरसाइकल हराएपछि शेर्पाले कात्तिक २९ गते प्रहरीमा खोजीकार्यका लागि निवेदन दिनुभएको थियो । सोहीक्रममा खोजी गर्दा जङ्गलमा फेला पारिएको र कार्यालयमा ल्याएर सबै सवारी कागजअनुसार सबै जाँचगरि सम्बन्धित धनीलाई बझाइएको बताइएको छ ।

चोरी गर्ने व्यक्ति पहिचान भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : 8:18 pm

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई