ताप्लेजुङको आईटी एकेडेमीले मनायो दोश्रो वार्षिक उत्सव 



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङको एक मात्र आईटी एकेडेमीको दोश्रो वार्षिक उत्सव मनाइएको छ । ताप्लेजुङको फुङलिङमा स्थापित एकेडेमीको शनिबार दोश्रो वार्षिक उत्सव मनाइएको हो । 

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाइएको छ । डेनमार्कका नागरिक वाल्डेमर स्मिथको आर्थिक सहयोगमा हयुमन प्राक्टिस फाउण्डेसनमार्फत स्थापित एकेडेमीले बिश्व बजारमा ताप्लेजुङका युवाहरुले समेत रोजगारी पाएको प्रसङगलाई प्रशंसा गर्दै मनाइएको छ । 

दुई वर्षको अवधिमा जिल्लाका ५९ जना युवाले सिकेका सीप मार्फत नै रोजगारी पाएको एकेडेमीका हेड अफ एकेडेमी बसन्त पालुङ्वा लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्ममा एकेडेमीबाट १ सय ८१ जना युवाहरू दीक्षित भएका छन् । दीक्षित भएका अधिकांश युवाहरूले स्थानीय क्षेत्रका देखि विश्व बजारमा रोजगारी पाएका छन् । 

रोजगारीका लागि विदेशिने युवाको क्रमलाई रोक्न आईटी एकेडेमीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको प्रति कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले प्रश‌ंसा गरेका थिए । आफ्ना पालिकाका युवालाई समेत आईटी एकेडेमीमा सीप सिकाउने र रोजगारी उपलब्ध  गराउने गरि पालिका मार्फत बजेको व्यवस्थापन गर्ने पालिका अध्यक्षहरूले प्रतिबद्धता समेत गरेका छन् । 

चालु आर्थिक वर्षमै कार्यन्वयन हुने गरि मन्त्री हाङगामले करिब ४० लाख रुपैयाँको बजेट विनियोजन गर्नु भएको छ । एकेडेमीका संस्थापक स्मिथले उत्कृष्ट कार्य गरिरहेका पूर्व विद्यार्थीद्वय असिम तोलाङ र सानु इङ्वासामको प्रशंसा समेत गर्नुभयो । 

कार्यक्रममा प्रदेश सरकार मन्त्री हाङगाम, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, पाथीभरा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेन्याङबो, मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकहाङबीर हाङगाम डम्बर, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्त बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 5:36 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी