ताप्लेजुङमा १ हजार ८५६ थपिए नयाँ मतदाता



ताप्लेजुङ, मंसिर ६ गते । ताप्लेजुङमा १ हजार ८ सय ५६ जनाले मतदाता नामावली दर्ता गराएका छन् । फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै गत असोज १० गते देखि खुल्ला भएको मतदाता नामावली दर्ता १ हजार ८ सय ५६ जनाले दर्ता गराएका हुन् ।

१ हजार २५ पुरुष र ८ सय ३१ महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय परिचयपत्र तर्फबाट १ हजार १ सय ४९ जनाको निवेदन प्राप्त भएको छ ।

जिल्ला निर्वाचन अधिकारी धनराज श्रेष्ठका अनुसार ताप्लेजुङमा २०८२ साल असार १६ गतेसम्म दर्ता भएका फोटो सहितको मतदाता नामावली मध्ये २०८२ साल कात्तिक १६ गतेसम्ममा ८९ हजार ४९० जना मतदानका लागि योग्य देखिएका छन् । मतदानका लागि योग्य मतदातामध्ये ४७ हजार ८१९ पुरुष र ४१ हजार ६७१ महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : 6:52 am

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा

सशस्त्र प्रहरीद्धारा जिल्ला कारगार ताप्लेजुङलाई खेलकुद सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । सशस्त्र प्रहरी बल नेपाल नं. १ गुल्म

ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई लाख बढी राजश्व सङ्कलन

ताप्लेजुङ, पुस २३ गते । ताप्लेजुङमा सवारी साधन कारबाहीबाट दुई