फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा



ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा दिएको छ । लिम्बूहरूको महान पर्व चासोक तङ्नामको पावन अवसरमा स्थानीय बिदा दिएको हो । 

नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै मिति २०८२ कात्तिक ३० गतेको ७६ औं कार्यपालिका बैठकको निर्णय अनुसार याक्थुङ चुम्लुङ धर्मावलम्बीहरूको महान चाड चासोक तङ्नामको पावन अवसरमा मिति २०८२ साल मंसिर १ गते सोमबारका दिन स्थानीय बिदा दिएको जानकारी गराएको छ । 

यो सँगै नगरपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरू र शिक्षण संस्थाहरू बन्द हुने भएको छ । स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने अति आवश्यक बाहेकका अन्य सेवाहरू पनि बन्द रहने नगरपालिकाले जनाएको छ । 

यस्तै आज याक्थुङ चुम्लुङ ताप्लेजुङको आयोजनामा चासोक तङ्नाम न्वागी पूजाको अवसर पारेर विविध कार्यक्रम हुने चुम्लुङका अध्यक्ष हाङमाया लेक्षर्बोले जानकारी दिनुभएको छ । उहाँका अनुसार होटल जान्नु इनमा राष्ट्र तथा अन्तराष्ट्रिय साथै स्थानीय कलाकारहरूको साथमा साँगीतिक कार्यक्रम पनि हुने छ । 

प्रकाशित मिति : 7:12 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि