ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण



ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सिदिङ्वा गाउँपालिका–४ स्थित साब्लाखु जिरोप्वाईन्टबाट अवैध रूपमा काठ ढुवानी गरी लैजाँदै गरेका सात वटा ट्रकहरू प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा मङ्गलबार बिहान करिब ११ बजे प्रहरी चौकी साब्लाखुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा नियमित सवारी चेकजाँच गर्ने क्रममा ट्रकहरूको डाला (लोड) मा राखिएको उत्तिस प्रजातिको गोलिया काठ फेला पारेपछि नियन्त्रणमा लिएको छ । साब्लाखुबाट पाँचथरको थर्पु तर्फ जाँदै गरेका ती ट्रकहरुले आवश्यक कागजातहरू, रूख कटान आदेशपत्र वा अन्य अनुमति प्रमाणपत्रहरू प्रस्तुत गर्न नसकेकोले तत्काल नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक रोहित शर्मा बढाईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेहरुमा को १ ख ३७५७ नम्बरको ट्रकका चालक सन्दिप लिम्बू, प्र १-०१-००१ ख ४४९३ नम्बरका चालक मनोज श्रेष्ठ, प्र १–०१–००१ ख ३-०९ नम्बरका चालक दावा छिरिङ तामाङ, मे १ ख ३३०५ नम्बरका चालक पूर्ण बहादुर घिमिरे, ना ३ ख ५७०५ नम्बरका चालक सनम शेर्पा, ना ३ ख २३५१ नम्बरका चालक बिल नारायण श्रेष्ठ, म प्र ०३–००२ ख ४१३० नम्बरका चालक युवराज श्रेष्ठ रहेका छन् ।

अवैध ढुवानी गरिएको काठ र सवारी सहित चालकहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय ताप्लेजुङमा पठाइएको जनाएको छ । स्थानीयवासीहरूका अनुसार सो क्षेत्रमा केही समयदेखि रात–दिन ट्रक आवतजावत बढेको थियो। स्थानीयले काठ तस्करी भइरहेको आशङ्का व्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउँदै आएका थिए।

हाल घटनासम्बन्धी कागजी प्रक्रिया, बरामद काठको परिमाण मूल्याङ्कन तथा कसको नाममा काटिएको भन्ने तथ्य खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : 7:10 am

ताप्लेजुङको सिदिङ्वाबाट अवैध काठसहित सात ट्रक नियन्त्रण

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा अवैध रूपमा काठ ढुवानी

दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मंसिर ७ गतेबाट, पुरस्कार अलैँची

ताप्लेजुङ, कात्तिक २६ गते । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा

ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका थप

ताप्लेजुङ, कात्तिक २७ गते । ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान तालिका

ताप्लेजुङमा मनाइयो महागुरु फाल्गुनन्दको जन्मजयन्ती

ताप्लेजुङ, कात्तिक २६ गते । ताप्लेजुङमा किराँत धर्मका महागुरु तथा

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।