आज देशभर मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना



काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले देशभर मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहँदा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने सम्भावना छ भने बाँकी प्रदेशहरूमा मौसम सफा रहनेछ। राति पनि गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदै अन्य स्थानहरूमा मौसम सामान्य रहने अपेक्षा गरिएको छ।

यस वर्षको हिउँदमा वर्षा र हिमपात न्यून मात्रामा हुने अनुमानले कृषि र वातावरणमा असर पर्न सक्ने चिन्ता व्यक्त भइरहेका छन्। तर हाललाई देशभर मौसम सामान्य र स्थिर देखिएको महाशाखाले जनाएको छ।

प्रकाशित मिति : 7:07 am

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौँ । किरात धर्मका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज देशभर

दिल्लीको लालकिल्लामा कार विस्फोट हुँदा ८ जनाको मृत्यु, २४ घाइते

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक लालकिल्ला मेट्रो स्टेशन

आज देशभर मौसम सफा, पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना

काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभएकाले

प्रहरी कार्यालय तोडफोडमा संलग्न १२ जना पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न प्रहरी कार्यालयमा तोडफोड,