कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य



ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र अन्तराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयुसिएन) हरियो सूचीको आवेदन चरणका लागि योग्य ठहरिएको छ । मूल्याङ्कनको चार पक्ष विश्लेषण गर्दा ६३ प्रतिशत सुचकले पूर्ण मापदण्ड पुरा गरे सँगै आईयुसिएन हरियो सोचीको आवेदन चरणका लागि योग्य ठहरिएको हो ।

शनिबार फुङलिङ बजारको होटेल पाथीभरामा भएको कञ्चनजङ्घा संरक्षण क्षेत्रमा जैविक विविधताको संरक्षणका लागि सामुदायिक संलग्नता सुदृढीकरण कार्यक्रममा कञ्चनजङ्घा संरक्षण क्षेत्रको आईयुसिएन हरियो सूची सम्बन्धीको मूल्याङ्कनको जानकारी गराइएको छ । जसमा मूल्याङ्कन कार्यका लागि तथ्याङ्क सङ्कलन सन २०२३ जुलाई ७ देखि २१ तारिख सम्म गरिएको थियो ।

विषेश गरि सुशासन, सुदृढ योजना तथा डिजाइन, प्रभावकारी व्यवस्थापन र सफल संरक्षण परिणामहरू माथि रहेर मूल्याङ्कन गरिएको थियो । तथ्याङ्क सङ्कलनका लागि १०७ सहभागी सम्मिलित पाँच समूह छलफल, स्थानीय जनप्रतिनिधि, पदाधिकारी तथा सरोकारवालासँग आठ मुख्य सूचना प्रदायक अन्तर्वार्ता, विस्तृत कागजात समीक्षा तथा फिल्ड अवलोकन विधि अपनाइएको अध्ययन टोलीका संयोजक डाक्टर प्रकाशकुमार पौडेलले जानकारी दिनुभयो ।

अध्ययन अनुसार समग्र मूल्याङ्कनले कञ्चनजङ्गा संरक्षण क्षेत्रमा केही कमजोरीहरू रहे पनि ५० सूचक मध्ये १२ प्रतिशत सूचकहरू हरियो सूची मापदण्डसँग शून्य रहेको छ । यस्तै ४४ प्रतिशत सीमित, २० प्रतिशत पूर्ण तथा ४ प्रतिशत प्रायः मेल खाएको देखियो । यस्तै एक सूचकको मूल्याङ्कन नै नगरिएको बताइएको छ । कुल ४३ प्रतिशत सूचकहरू मात्र राम्रो श्रेणीमा परेका थिए । मूल्याङ्कनका चार पक्षको विश्लेषण गर्दा सुदृढ योजना तथा डिजाइन सबैभन्दा उत्कृष्ट रहेको थियो ।

यो सँगै ६३ प्रतिशत सूचकले पूर्ण मापदण्ड पूरा गरेको छ । सुशासन सम्बन्धी २१ प्रतिशत सूचकले पूर्ण मेल खाएको अध्ययनले देखाएको छ । उक्त नतिजाले कञ्चनजङ्गा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य ठहरिएको देखिएको डाक्टर पौडेलले बताउनुभयो । अभिलेख व्यवस्थापन तथा योजना प्रक्रियामा सुधार गरेमा यो क्षेत्र उम्मेदवार चरणतर्फ अघि बढ्ने छ ।

नेपालको पूर्वी भागमा अवस्थित कञ्चनजङ्गा संरक्षण क्षेत्र २ हजार ३५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो नेपालको एकमात्र सामुदायिक व्यवस्थापनमा सञ्चालित संरक्षित क्षेत्र हो । जसमा विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्गा हिमाल पनि पर्दछ ।

प्रकाशित मिति : 6:39 pm

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन एक लाख नाघ्यो

ताप्लेजुङ, कात्तिक २३ । ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम)

कञ्चनजङ्घा संरक्षण क्षेत्र आईयुसिएन हरियो सूचीको आवेदन चरणका लागि योग्य

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र

ताप्लेजुङको हाङ्देवाबाट खोरेत विरुद्धको खोप कार्यक्रम सुरु

ताप्लेजुङ, कात्तिक २३ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाको घिमिरे

आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज

नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा ‘एकता सन्देश सभा’ गर्दै

काठमाडौँ । हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले सातै प्रदेशमा