आज देशभर मौसम सफा, कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना



काठमाडौँ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नदेखिएकाले आज अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य प्रदेशका अधिकांश भागमा मौसम सफा रहनेछ। यद्यपि, कोशी र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : 7:26 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि