ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने



ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति महिङगुम अङसिमाङ फाल्गुनन्द लिङ्देनको जन्म जयन्ती भव्यताका साथ मनाइने भएको छ । कात्तिक २५ गते उहाँको जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरि जन्म जयन्ती मनाइने भएको हो ।

किरात धर्म तथा साहित्य उत्थान सङ्घको आयोजना फुङलिङ नगरपालिका–६ काहुलेमा रहेको किरात हाङसाम माङहिमको प्राङगणमा कार्यक्रम सञ्चालन हुने सङ्घका सचिव सरोज कङलिबा याक्थुङले जानकारी दिनुभएको छ । उहाँका अनुुसार कार्यक्रममा विश्व शान्ति, मानव एकता, सकल प्राणी, प्राकृतिक भूगर्भ चराचरको रक्षात्मक र सिद्धि शक्ति प्राप्त कर्मको लागि (येत नाम्धुङ लाधुङ सेमिसेवा) महा अष्टम यज्ञ सेवा समेत गरिने छ ।

वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म मुचुल्का भनिन्छ । यो १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो ।

किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नुभएका फाल्गुनन्दको निधन वि।सं २००५ मा भएको हो । किराँत समाज सुधारमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै उहाँलाई २०६६ मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।


प्रकाशित मिति : 5:45 pm

प्रथम आँप पानी गोल्ड कप आगामी पुस २८ देखि 

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङमा प्रथम आँप पानी आमन्त्रित

ताप्लेजुङमा आमन्त्रित प्रथम माघेमेला गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २६ गते । ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम

तेस्रो वरकदेन गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस २५ गते। ताप्लेजुङमा तेस्रो वरकदेन गोल्ड कप सञ्चालन

रिड नेपालद्धारा फक्ताङलुङका १५४ शिक्षकलाई तालिम 

ताप्लेजुङ, पुस २४ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा शैक्षिक तथा