घर जलेको साथीका परिवारलाई लिटलवुद्धका विद्यार्थी र शिक्षकको सहयोग



फुङलिङ, कात्तिक १८ गते । आगलागीमा घर गुमाएको साथीका परिवारलाई लिटलवुद्धका विद्यार्थी र शिक्षकले सहयोग गरेका छन् । फुङलिङ नगरपालिका ४ कञ्चनजङ्घा टोलमा भएको आगलागीमा घर गुमाएको साथीका परिवारलाई सहयोग गरेका हुन् । 

जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइ मार्फत विद्यार्थीको तर्फबाट छ हजार सात सय १५ रुपैयाँ सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक युवराज गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको तर्फबाट एक वर्षका लागि शुल्क पूर्ण मिनाहा गर्नुका साथै विद्यालय पोशाक र ट्रयाकसुट उपलब्ध गराइएको छ ।  

गत कार्तिक ५ गते दिपावलीको समयमा महेन्द्र उपरकोटी र कल्पना तोलाङ सार्कीको एकतले पक्की घरमा आगलागी भएको थियो । उहाँहरूका छोरी गृष्मा कक्षा ४ र छोरा जसमान यु केजीमा यही विद्यालयमा अध्ययनरत छन् ।

झोला बनाउने उद्योग रहेको उहाँहरूको घर जल्दा ३६ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको घर वा परिवारमा यस्ता समस्या भए विद्यार्थी स्वयंले रकम सङ्कलन गर्ने र शिक्षक र विद्यालयको तर्फबाट पनि सहयोग गरी हस्तान्तरण गर्ने प्रचलन रहेको विद्यालय प्रशासनले जनाएको छ । 

प्रकाशित मिति : 6:53 am

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा