जन्म दिनको अवसरमा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा प्रदान



ताप्लेजुङ, कात्तिक १९ गते । आफ्नो ३१ औं जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका १० फुरुम्बुका समाजसेवी युवा रुपेश लेछर्बोले फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनु भएको छ । फुङ्लिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समाजसेवी युवा लेछर्बोले न्यानो कपडा प्रदान गर्नु भएको हो ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै उहाँले फरक क्षमता भएको विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको बताउनु भयो । बालमन्दिरमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा सामान्य रुपमा भएपनि टेवा पुर्याउने उद्देश्यका साथ कपडा बितरण गरिएको लेछर्बोको भनाई छ । विद्यालयका प्रधानाध्यपक धर्मप्रसाद पौडेलका अनुसार समाजसेवी युवा लेछर्बोले करिब १ लाख रुपैयाँ बराबरको न्यानो कपडा तथा एक पटकको टिफिन समेत उपलब्ध गराउनु भएको छ । उक्त विद्यालयमा जिल्ला भरिका ८३ जना विद्यार्थी अध्ययनरत छन ।

लेछर्बोले मन्तव्यको क्रममा आफूलाई जन्म दिने आमाबुवालाई स्मरण गर्दै अध्ययनरत विद्यार्थीको शैक्षिक सफलताको साथै उज्वल भविष्यको समेत कामना गर्नु भएको छ । हरेक होटल तथा पार्टी प्यालेसमा जन्म दिनको अवसरमा हुने खर्चलाई कटौती गरेर शैक्षिक क्षेत्रमा विद्यार्थीको निरन्तरतालाई जारी राख्न यश पटक फरक ढङ्गले आफ्नो जन्म दिन मनाएको उहाँको भनाइ थियो । उहाँले मन्तव्यको क्रममा आम जिल्लावासी युवालाई समेत जन्मदिन लगायतको अवसरमा गरिने फजुल खर्चलाई बचत गरेर भविष्यको कर्णधारको रुपमा रहेका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने प्रकारको कार्य गर्न आह्वान समेत गर्नु भयो ।

जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग स्वरुप न्यानो कपडा उपलब्ध गराएको कार्यको प्रशंसा गर्दै विद्यालयले समाजसेवी युवा लेछर्बोको जन्मदिनको कामना गर्दै खदाले सम्मान गरि मायाको चिनो समेत प्रदान गरेको छ ।

प्रकाशित मिति : 6:44 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)