जन्म दिनको अवसरमा फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा प्रदान



ताप्लेजुङ, कात्तिक १९ गते । आफ्नो ३१ औं जन्मदिनको अवसरमा फुङलिङ नगरपालिका १० फुरुम्बुका समाजसेवी युवा रुपेश लेछर्बोले फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउनु भएको छ । फुङ्लिङ नगरपालिका ४ स्थित बाल मन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई समाजसेवी युवा लेछर्बोले न्यानो कपडा प्रदान गर्नु भएको हो ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौती गर्दै उहाँले फरक क्षमता भएको विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको बताउनु भयो । बालमन्दिरमा अध्ययनरत विद्यार्थीको पठन पाठनमा सामान्य रुपमा भएपनि टेवा पुर्याउने उद्देश्यका साथ कपडा बितरण गरिएको लेछर्बोको भनाई छ । विद्यालयका प्रधानाध्यपक धर्मप्रसाद पौडेलका अनुसार समाजसेवी युवा लेछर्बोले करिब १ लाख रुपैयाँ बराबरको न्यानो कपडा तथा एक पटकको टिफिन समेत उपलब्ध गराउनु भएको छ । उक्त विद्यालयमा जिल्ला भरिका ८३ जना विद्यार्थी अध्ययनरत छन ।

लेछर्बोले मन्तव्यको क्रममा आफूलाई जन्म दिने आमाबुवालाई स्मरण गर्दै अध्ययनरत विद्यार्थीको शैक्षिक सफलताको साथै उज्वल भविष्यको समेत कामना गर्नु भएको छ । हरेक होटल तथा पार्टी प्यालेसमा जन्म दिनको अवसरमा हुने खर्चलाई कटौती गरेर शैक्षिक क्षेत्रमा विद्यार्थीको निरन्तरतालाई जारी राख्न यश पटक फरक ढङ्गले आफ्नो जन्म दिन मनाएको उहाँको भनाइ थियो । उहाँले मन्तव्यको क्रममा आम जिल्लावासी युवालाई समेत जन्मदिन लगायतको अवसरमा गरिने फजुल खर्चलाई बचत गरेर भविष्यको कर्णधारको रुपमा रहेका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने प्रकारको कार्य गर्न आह्वान समेत गर्नु भयो ।

जन्मदिनको अवसरमा विद्यार्थीलाई सहयोग स्वरुप न्यानो कपडा उपलब्ध गराएको कार्यको प्रशंसा गर्दै विद्यालयले समाजसेवी युवा लेछर्बोको जन्मदिनको कामना गर्दै खदाले सम्मान गरि मायाको चिनो समेत प्रदान गरेको छ ।

प्रकाशित मिति : 6:44 am

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा