आज वैकुण्ठ चतुर्दशी, देशभर स्नान, दान, , ध्यान, जप गरी मनाइँदै



काठमाडौँ । आज देशभर वैकुण्ठ चतुर्दशी पर्व श्रद्धा एवं भक्तिभावका साथ मनाइँदै छ। प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने यो पर्वमा स्नान, दान, जप र ध्यान गरी पुण्य प्राप्त गरिन्छ भन्ने धार्मिक विश्वास छ।

यस दिन बिहान नदी वा तीर्थस्थलमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गरिन्छ र रातभर जाग्राम बस्ने परम्परा रहँदै आएको छ। वैकुण्ठ चतुर्दशीलाई शिव र विष्णु दुवैसँग सम्बन्धित पर्व मानिन्छ — शिवसँग सम्बन्ध भएकालाई शिव वैकुण्ठ र विष्णुसँग सम्बन्ध भएकालाई विष्णु वैकुण्ठ भनिन्छ।

पण्डित बालमुकुन्द देवकोटाका अनुसार भगवान् विष्णुका एक नाम ‘वैकुण्ठ’ पनि हो। ‘कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ, त्यसलाई वैकुण्ठ भनिन्छ,’ उनले बताए। भगवान् विष्णुले सृष्टिको आरम्भमा पृथ्वी, जल, वायु र तेजलाई सन्तुलित रूपमा संयोजन गर्नुभएकोले उहाँलाई वैकुण्ठ भनिएको पौराणिक मान्यता पनि रहेको उनले स्मरण गराए।

देवकोटाका अनुसार, वैकुण्ठ चतुर्दशीका दिन विष्णुको पूजा गर्न नसके पनि उहाँका नामहरूको उच्चारणले ठूलो पुण्य प्राप्त हुने र आपत् विपत् टारिने विश्वास गरिन्छ। भगवान् विष्णुका नामहरू ऐश्वर्य, परोपकार, दुष्टदमन र लोकसंरक्षक जस्ता दिव्य गुणसँग सम्बन्धित छन्।

महाभारतको शान्तिपर्वमा धर्मराज युधिष्ठिरले भीष्मसित वैकुण्ठ चतुर्दशीको महत्वबारे सोधेको उल्लेख पाइन्छ। भीष्मले यस दिन विष्णु स्तुति गर्दा सम्पूर्ण दुःख नाश हुने बताउँदै पाँच पाण्डवलाई सम्झाएका थिए। यही दिनदेखि भीष्म पञ्चक व्रत सुरु हुने मान्यता पनि छ।

पौराणिक कथाअनुसार, हरिशयनी एकादशीका दिन क्षीरसागरमा विश्राम लिनुभएका भगवान् विष्णुले कार्यभार भगवान् शिवलाई दिनुभएको थियो। आजको दिनमा पुनः शिवले त्यो जिम्मेवारी विष्णुलाई फर्काइदिई कैलाश फर्कनुभएकाले आजलाई हरि(हर मिलनको दिन को रूपमा पनि मनाइन्छ।

यसरी वैकुण्ठ चतुर्दशीलाई भगवान् विष्णु र भगवान् शिवबीचको मिलन, जागरण र भक्तिभावको प्रतीक पर्वका रूपमा देशभर मनाइँदै छ।

प्रकाशित मिति : 6:42 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि