भानु जन माविलाई अक्षयकोषका लागि साढे ५ लाख रकम प्रदान



ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयलाई साढे ५ लाख बढीको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीहरूबाट विद्यालयलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।  

विद्यालयको जेहेन्ददार विद्यार्थीहरूको प्रगतिका लागि स्थापित अक्षयकोषमा सोमवार ५ लाख ५२ हजार ६८१ रुपैयाँ हस्तान्तरण भएको भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले जानकारी दिनुभयो । उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङ, प्रधानाध्यापक राई र विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष भक्तबहादुर येङदेनलाई भानु जन माविबाट २०४४ सालमा एसएलसी परीक्षामा सामेल भएका विद्यार्थीहरूको समूहबाट प्रदान गरिएको छ ।

अक्षयकोषको रकमबाट भानु माविको कक्षा ९, १०,११ र १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेन्ददार एक छात्र र एक छात्रा गरी जम्मा ४ जनालाई वार्षिक रुपमा विद्यालयको वार्षिक उत्सव वा अभिभावक दिवसको अवसर पारी विद्यालय र अक्षयकोष दाताको उपस्थितिमा छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक राईको भनाइ छ । 

 
 

प्रकाशित मिति : 6:39 am

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा