भानु जन माविलाई अक्षयकोषका लागि साढे ५ लाख रकम प्रदान



ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयलाई साढे ५ लाख बढीको अक्षयकोष रकम हस्तान्तरण गरिएको छ । २०४४ सालमा एसएलसी परीक्षामा सामेल विद्यार्थीहरूबाट विद्यालयलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।  

विद्यालयको जेहेन्ददार विद्यार्थीहरूको प्रगतिका लागि स्थापित अक्षयकोषमा सोमवार ५ लाख ५२ हजार ६८१ रुपैयाँ हस्तान्तरण भएको भानु जन माध्यमिक विद्यालयका प्रधानाध्यापक किशोर कुमार राईले जानकारी दिनुभयो । उक्त रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युगराज गुरुङ, प्रधानाध्यापक राई र विद्यालय शिक्षक अभिभावक सङ्घका अध्यक्ष भक्तबहादुर येङदेनलाई भानु जन माविबाट २०४४ सालमा एसएलसी परीक्षामा सामेल भएका विद्यार्थीहरूको समूहबाट प्रदान गरिएको छ ।

अक्षयकोषको रकमबाट भानु माविको कक्षा ९, १०,११ र १२ मा अध्ययनरत उत्कृष्ट तथा जेहेन्ददार एक छात्र र एक छात्रा गरी जम्मा ४ जनालाई वार्षिक रुपमा विद्यालयको वार्षिक उत्सव वा अभिभावक दिवसको अवसर पारी विद्यालय र अक्षयकोष दाताको उपस्थितिमा छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक राईको भनाइ छ । 

 
 

प्रकाशित मिति : 6:39 am

आठराई त्रिवेणी गाउँपालिका–५ मा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन

ताप्लेजुङ, असार २१ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ दोभानस्थित

आइएमई लाइफ इन्स्योरेन्सद्धारा ताप्लेजुङका समता विद्यालयलाई १ लाख आर्थिक सहयोग

ताप्लेजुङ, साउन २१ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक

फुङलिङ नगरपालिकाले ८ वटा वडाको सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिकाले सार्वजनिक कार्यक्रम

फुङलिङ–६ को वडा कार्यालय भवन उद्‌घाटन

ताप्लेजुङ, असार १७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ नम्बर