विपद् पश्चात क्षतिग्रत राजमार्गको पुनः निमार्णको लागी उद्योग वाणिज्य सङ्घ ताप्लेजुङको ध्यानाकर्षण



सौगात विष्ट
ताप्लेजुङ, कात्तिक १७ गते ।
उद्योग वाणिज्य सङ्घ ताप्लेजुङले विपद् पश्चात क्षतिग्रत राजमार्गको पुनः निमार्णको लागी जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ मार्फत सरकारको ध्यानाकर्षण गराएको  छ । सोमबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं मार्फत पत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ध्यान आकर्षण गराएको हो । 

सङ्घले गत असोज १८ र १९ गतेको भीषण वर्षा पछिको बाढी र पहिरोका कारण ताप्लेजुङको सदरमुकामबाट पाँचथर इलाम हुँदै तराईका जिल्लाहरू जोड्ने मुख्य मेची राजमार्ग अन्तर्गतको रक्से माइखोला क्षेत्रमा यात्रुबाहक तथा मालबाहक सवारी साधन आवागमनमा उच्च जोखिम रहेकाले पुनः निमार्णका लागी आवश्यक बजेट विनियोजन गरि राजमार्गको मर्मत सम्भार गर्न ध्यानाकर्षण गराएको छ । 

यस्तै मेची राजमार्गको वैकल्पिक मार्गको रुपमा रहेको तमोर करिडोर सडक खण्ड अन्तरगत हेवा खोला, नावा खोला, सावा खोलामा समेत पक्की पुल नभएका कारण यातायात सञ्चालनमा सास्ती भोग्नु परिरहेकोले यसको पनि पुन निर्माण गर्न अनुरोध गरिएको छ  । 

साथै जिल्ला बाट तराई जोड्ने अर्को महत्वपूर्ण सडकको रुपमा रहेको मदन भण्डारी राजमार्ग (ताप्लेजुङ–दोभान–साँघु–गुफा–बसन्तपुर–धनकुटा–धरान) जोड्ने सडकको संरक्षण सहित पूर्णरुपमा सञ्चालनको लागी चाँडो स्तरोन्नतिको लागी अनुरोध गरिएको उद्योग वाणिज्य सङ्घ ताप्लेजुङका अध्यक्ष विकास गौतमले जानकारी दिनुभयो ।

ताप्लेजुङमा यस समयमा बढी मात्रामा पर्यटक आउने भएकाले गर्दा सोही कुरालाई समेत मध्यनजर गरि तत्काल उचित मर्मत सम्भार गर्नुपर्ने गौतमको भनाई छ ।

प्रकाशित मिति : 5:03 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)