ताप्लेजुङमा २४४ नयाँ मतदाता नामावली दर्ता



ताप्लेजुङ, कात्तिक १७ गते । ताप्लेजुङमा दुई सय ४४ जनाले मतदाता नामावली दर्ता गाराका छन् । मतदाता नामावली खुल्ला भएको असोज १० गतेदेखि आइतबार सम्ममा २ सय ४४ जनाले नाम दर्ता गराएका हुन् । 

नाम दर्ता गर्नेमा १ सय ३४ पुरुष र १ सय १० महिला रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका निमित्त निर्वाचन अधिकारी वान्दवराज (विपिन) दुलालले जानकारी दिनुभएको छ । उहाँका अनुसार १९ जनाले आफ्नो नाममा भएको त्रुटि सच्याएका छन् । 

यस्तै ८९ जनाले ठाउँ सारी गरेकोमा ११ जिल्ला भित्रकै एक स्थानबाट अर्को स्थानमा सार्ने रहेका छन् भने बाँकी ७८ जनाले जिल्ला बाहिर नाम सारी गरेका छन् ।

साथै जिल्लामा मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सिफारिस कात्तिक मसान्त अगावै हुने भएको छ । कात्तिक २७ वा २८ गते बैठक बसी मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने विषयमा निर्वाचन आयोगमा सिफारिस गर्ने भएको हो । 

मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनको जिल्ला स्तरीय समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको बैठकले मतदानस्थल तथा केन्द्र थपका लागि प्राप्त हुन आएका वडागत सिफारिसहरुको प्रारम्भिक अध्ययन गर्दै मतदानस्थल तथा केन्द्र थपका लागि आयोगले तयार परेको अनुसूची अनुसारका विवरण पूर्ण बनाई सिफारिस गर्न वडा स्तरीय समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । 

निमित्त निर्वाचन अधिकारी दुलालका अनुसार हालसम्म मैवाखोला गाउँपालिकाको ६ नं. वडा, फक्ताङलुङ गाउँपालिकाको २ र ६ नं. वडा, आठराई त्रिबेणी गाउँपालिकाको २ नं. वडा र मिक्वाखोला गाउँपालिकाको ४ नं. वडाबाट सिफारिस प्राप्त हुन आएका छन् । 

प्राप्त हुन आएका सिफारिसहरु मतदानस्थल तथा केन्द्र थपघट वा गाभ्ने प्रकृयाका लागि निर्वाचन आयोगले तयार गरेको अनुसूची अनुसारको पूर्ण विवरणमा आधारित भएर आएका छन् या छैनन् भन्ने बारेमा अध्ययन भइरहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । 

प्रकाशित मिति : 6:59 am

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)