कञ्चनजङ्गा संरक्षण क्षेत्रको समस्या लिएर फक्ताङलुङका अध्यक्ष सिंहदरबारमा



ताप्लेजुङ, कात्तिक १६ गते ।  कञ्चनजङ्गा संरक्षण क्षेत्रको समस्या लिएर फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू मुक्ति सिंहदरबार पुग्नुभएको छ । कञ्चनजङ्गा संरक्षण क्षेत्रको क्षेत्राधिकार र औचित्यमाथि प्रश्न उठाउँदै अध्यक्ष लिम्बू  सिंहदरबार पुग्नुभएको हो । 

उहाँले शुक्रबार भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । ताप्लेजुङबाट सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाउनु भएको हो । विभागीय मन्त्रीसम्मलाई भेटेर आफ्नो टोलीले शुक्रबार भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाएको लिम्बूले बताउनुभयो ।

पालिका अध्यक्ष लिम्बूले यसअघि पुष्पकमल दाहाल र केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा पनि सिंहदरबार पुगेर यस विषयमा ध्यानाकर्षण गराउनुभएको थियो । पालिकाभित्रको भूभागको स्वामित्व र सम्पूर्ण जिम्मेवारी त्यही पालिकाको भएकाले संरक्षणको काम पनि पालिकाले नै गर्नु पर्ने अध्यक्षको माग रहेको छ । 

संरक्षण क्षेत्रका कारण पालिकाका महत्त्वपूर्ण क्षेत्रमा सडक पुर्‍याउन नपाएको, सडक स्तरोन्नति गर्न नसकेको, ऊर्जा उत्पादकहरूले अनुमति नपाएको, अनुमति लिएकाहरू पनि काम गर्न नपाएर समस्यामा परेको, राजस्व बाँडफाँडमा दोहोरो मापदण्ड भएको पालिका अध्यक्ष लिम्बूको दाबी छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर संरक्षण क्षेत्रका कारण उत्पन्न समस्याको विषयमा जानकारी गराउने कार्यक्रम रहेको समेत अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।

२०५४ सालमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको तापेथोक, लेलेप, ओलाङचुङगोला, सिरिजङ्घा गाउँपालिकाको याम्फुदिनलाई समेटेर सरकारले कञ्चनजङ्गा संरक्षण क्षेत्र घोषणा गरेको हो । २ हजार ३५ वर्ग किलोमिटरमा फैलिएको संरक्षण क्षेत्रले जिल्लाको ३५ प्रतिशत भूभाग ओगटेको छ । संरक्षण क्षेत्र छिमेकी देश चीन र भारतीय सीमासम्म फैलिएको छ ।


 

प्रकाशित मिति : 6:42 am

प्रथम शहीद कप : उपाधिका लागि सिरिजङ्घा र सिदिङ्वा भिड्दै 

ताप्लेजुङ, माघ २१ गते । प्रथम शहीद कपको उपाधिका लागि

प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका

दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला