मन्त्र व्याण्डको लाईभ कन्सर्टमा उपस्थित हुन आयोजकद्धारा पाथीभराबाट सार्वजनिक आह्वान




रेडियो काबेली
ताप्लेजुङ । मंसिर २ गते मन्त्र व्याण्डको उपस्थितीमा ताप्लेजुङमा हुने साँगीतिक कार्यक्रमको लागि आयोजक ङावोरक सङ्जुम्बो फुङ्लेङले प्रसिद्ध तिर्थ स्थल पाथीभरा पुगेर कार्यक्रममा उपस्थित हुन सार्वजनिक रुपमा आह्वान गरेको छ । पाथीभरा मन्दिरमा पुगेर ब्यानर सार्वजनिक गर्दै आयोजक ङावोरक सङ्जुम्बो फुङ्लेङले सबैलाई लाईभ कन्सर्टमा उपस्थित हुन आग्रह गरेको हो ।

साथै आयोजकले विभिन्न स्थानमा ब्यान टाँसेर कार्यक्रमको प्रचार प्रसार समेत तिब्र रुपमा गरिरहेको छ । सामुदायिक भवन निर्माणका लागि गर्न लागिएको लाइभ कन्सर्ट फुङलिङ नगरपालिका–४ स्थित भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने कार्यक्रम संयोजक तारानाथ बरालले जानकारी दिनुभयो ।

करिब एक करोड ५० लाख रुपियाँमा निर्माण कार्य सकिने उक्त भवनको जग्गा खरिदका लागि १२ लाख रुपैँया आवश्यक परेको कोषध्यक्ष राजदिप मादेनले बताउँनुभयो । अहिले जग्गा धनीलाई करिब एक लाख रुपियाँ प्रदान गरि भवनको निर्माण कार्य धमाधम भइरहेको मादेनको भनाई छ ।

कन्सर्टमा मन्त्र व्याण्ड सँगै ताप्लेजुङकै मातृभूमि ब्याण्डको पनि प्रस्तुती रहने ङावोरक सङ्जुम्बो फुङ्लेङले जनाएको छ । उक्त कन्सर्टका लागि टिकट दर न्यूनतम ५०० रुपियाँ निर्धारण गरिएको छ । कार्यक्रम सम्पन्न गर्नका लागि १५ लाख ५० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यस अघि असोज २१ गते कार्यक्रम हुने भनिएको भएता पनि जेनजी आन्दोलनले देश शोकमा रहेको बेलामा मनोरञ्जनात्मक कार्यक्रम गर्न उचित नभएको भन्दै मंसिर २ गतेका लागि सारिएको हो ।

प्रकाशित मिति : 7:32 pm

पुस १५ गतेदेखि प्रथम मानाभारा गोल्ड कप सञ्चालन हुने

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिमा प्रथम

सिरिजङ्घाको फुन्द्रवा भीरमा सडक निर्माणको क्रममा पहिरो झर्दा स्काभेटर पु¥यो

ताप्लेजुङ, पुस ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा पहिरोले स्काभेटर

नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रद्वारा दाताहरूलाई सम्मान

रेडियो काबेलीताप्लेजुङ। नेपाल नेत्रज्योति सङ्घ तथा डिचेन डोङ्गला स्मारक आँखा

पाथीभरामा साढे ७५ लाख भेटी सङ्कलन

साहारा लिम्बूफुङलिङ, पुस २ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा