मेरिङदेन कपको उपाधि साथिभाई युवा क्लब फुङलिङलाई




रेडियो काबेली
ताप्लेजुङ । अन्तर जिल्ला स्तरीय आमन्त्रित पॉचौ मेरिङदेन कप पुरूष फुटबल प्रतियोगिताको उपाधि साथिभाई सामाजिक युवा क्लब फुङलिङ ताप्लेजुङले चुमेको छ ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा बुधबार सम्पन्न फाइनल खेलमा जनसेवा आदर्श स्पोर्टिङ क्लब ढुंगेसघुलाई पेनाल्टि सुट आउटमा ४–२ गोल अन्तरले पराजित गर्दै साथिभाइले उपाधि चुमेको हो । निर्धारित समयमा दुबै टिमबाट एक एक गोलको बराबरी भएपछि खेल पेनाल्टि तर्फ धकेलिएको थियो । उपाधिसंगै साथीभाई युवा क्लबले १ लाख ५१ हजार १८२ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता बनेको जनसेवाले ८१ हजार १८२ सहित ट्रफिमा चित्त बुझाउनु पर्यो।

फाइनल खेलको म्यान अफ दि म्याच साथिभाइका भाइचुङ शेर्पा घोषित हुँदै् एक हजार प्राप्त गरे । प्रतियोगिताको बेस्ट गोल रक्षक साथिभाइका रोशन नेपाल,वेष्ट डिफेन्डर साथिभाइका सुनियोजित लिम्बु, वेस्ट प्लेयर जनसेवाका दिपेश लिम्बु,हाइ स्कोरर नवज्योती युवा क्लब मेरिङदेनका सन्त लिम्बु,वेस्ट फर्वाड जनसेवाका सबिन तामाङ र वेष्ट मिडफिल्डर जनसेवाका शिशिर राइ घोषित भए । उत्कृष्ट सबैले एक एक हजार सहित ट्रफि प्राप्त गरे ।

दिपावलीको अवसरमा पृथ्वी तथा लेस्नमाया स्मृती युवा क्लबले कार्तिक ७ गते देखि आयेजना शुरू गरेको प्रतियोगिता कार्तिक १२ गते भव्यताका साथ सम्पन्न भएको छ । प्रतियोगितामा तेह्रथुम,ताप्लेजुङ र पॉचथरका गरी दश टिमको सहभागिता रहेको थियो। विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद चोङबाङ र वडा नं.३ खाम्लुङका अध्यक्ष गजेन्द्र कुमार नाल्बोले पुरस्कार वितरण गर्र्नुभयो ।

प्रकाशित मिति : 9:19 pm

ताप्लेजुङ गोल्डकपमा ९३ लाख खर्च, सात लाख बचत हुने

ताप्लेजुङ , भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ

ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिक बिक्री 

ताप्लेजुङ, भदौ ३ गते । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप

मेरिङ्देनमा खोरेतविरुद्ध खोप अभियान

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा खोरेत रोग

फुसको छाना हटाउन पाथीभरा याङवरकले आवेदन माग्यो

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले फुसको

थेचम्बुमा निःशुल्क छारे रोगसम्बन्धी शिविर हुने

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–२ थेचम्बुमा