दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्रमा दर्शनार्थी स्वास्थ्य सहायता केन्द्र स्थापना



रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपिठ पाथीभराको दर्शन गर्न आउने दर्शनार्थीको सहजताका लागि दर्शनार्थी स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको छ । शसस्त्र प्रहरी बल, नेपाल नं. १ गुल्म हेड क्वाटर कञ्चनजङ्घा ताप्लेजुङ र पाथीभरा क्षेत्र विकास समितिको सहकार्यमा स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको हो ।

दर्शनार्थीहरुलाई मन्दिरको दर्शन गर्न जाने क्रममा स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले काफ्लेपाटी र बलु डाँडाको बिच भागमा उक्त स्वास्थ्य सहायता केन्द्र स्थापना गरिएको पाथिभरा क्षेत्र विकास समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो ।

सशस्त्र प्रहरी बल नं.१ गुल्म हेड क्वाटर कञ्चनजङ्घाका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठकले दर्शनार्थीको चापलाई मध्यनजर गरी उहाँहरुलाई सहजता होस भन्ने उद्देश्यले सहायता केन्द्र स्थापना गरि सञ्चालनमा ल्याईएको बताउनुभयो ।

उहाँका अनुसार तालिम प्राप्त मेडिकल असिस्टेन्टले सहायता केन्द्रबाट लेक लाग्ने, प्रेसर जाँच, टाउको दुख्ने, वान्ता हुने लगायतका समस्या निम्तिएका दर्शनार्थीलाई सेवा प्रदान गर्नेछन् । विगतमा पनि दर्शनार्थीको भिड हुने समयमा शसस्त्र प्रहरीले हेल्थ डेस्क स्थापना गरेर दर्शनार्थीको सहजताका लागि काम गरि रहेको थियो ।

उक्त दर्शनार्थी स्वास्थ्य सहजता सहायता केन्द्रको शनिबार फुङलिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनको प्रेसर जाँच गरि उद्धघाटन गरिएको छ । शनिबार मात्रै यस सिजनको हालसम्मको सबै भन्दा बढी ६ हजार ३ सय ९३ दर्शनार्थीले पाथीभराको दर्शन गरेका थिए ।

प्रकाशित मिति : 8:42 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)