नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्



सौगात विष्ट

ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले नेपाल सम्वत् मनाएको छ । नेपाल सम्वत् ११४६ को स्थापनाको अवसरमा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

 कार्यक्रमको आयोजना नेपाल भाषा तथा सांस्कृतिक समाजको भवन भिन्तुना डाँडामा गरिएको थियो  । ११४६ वर्ष अगाडि राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय गरेको दिन देखि नेपाल संवतको शुभारम्भ भएको थियो । 

सोही अवसरमा प्रत्येक वर्ष बिभिन्न कार्यक्रम गरि मनाउँदै आइरहेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दिवसको अवसरमा दिउँसो लाखे नाच समेत देखाइएको थियो । लाखे नाचलाई र्‍याली सहित फुङलिङ बजार परिक्रमा गरिएको थियो । साथै साँझ म्ह पुजा गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।  

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, बिभिन्न सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी र स्थानीयहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : 5:51 pm

फुङलिङले चुम्यो कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कप उपाधि

ताप्लेजुङ, मङ्सिर २० गते । कञ्चनजंघा सेसेलुङ महिला गोल्ड कपको

सेसेलुङ महिला गोल्ड कप : आज उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर २० गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

मिक्वाखोला : थलङ स्पोर्टिङ क्लब र फङफङदेन स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गाउँपालिका –४ साँबामा जारी आमन्त्रीत

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी