नेपाल भाषा तथा सांस्कृतिक समाज मनायो नेपाल सम्वत्



सौगात विष्ट

ताप्लेजुङ, कात्तिक ५ गते । नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङले नेपाल सम्वत् मनाएको छ । नेपाल सम्वत् ११४६ को स्थापनाको अवसरमा शुभकामना आदान प्रदानको कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।

 कार्यक्रमको आयोजना नेपाल भाषा तथा सांस्कृतिक समाजको भवन भिन्तुना डाँडामा गरिएको थियो  । ११४६ वर्ष अगाडि राजा रागवदेवको शासनकालमा शंखधर साख्वाःले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋण विमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय गरेको दिन देखि नेपाल संवतको शुभारम्भ भएको थियो । 

सोही अवसरमा प्रत्येक वर्ष बिभिन्न कार्यक्रम गरि मनाउँदै आइरहेको नेपाल भाषा तथा सांस्कृतिक समाज ताप्लेजुङका अध्यक्ष शंकर श्रेष्ठले जानकारी दिनुभयो । यस्तै दिवसको अवसरमा दिउँसो लाखे नाच समेत देखाइएको थियो । लाखे नाचलाई र्‍याली सहित फुङलिङ बजार परिक्रमा गरिएको थियो । साथै साँझ म्ह पुजा गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।  

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, बिभिन्न सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी र स्थानीयहरुको सहभागी रहेको थियो ।

प्रकाशित मिति : 5:51 pm

पाथिभरा बहुमुखी क्याम्पसद्वारा जलवायु परिवर्तन सम्बन्धी विद्यार्थीहरूलाई एक दिने अभिभुखिकरण तालिम प्रदान

सौगात विष्ट ताप्लेजुङ, चैत ४ गते । ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसले

ताप्लेजुङमा एसईईका ६ परीक्षा केन्द्र कटौती

ताप्लेजुङ, चैत ४ गते। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने

ताप्लेजुङमा मालपोतद्वारा ४० लाख बढी राजस्व सङ्कलन

ताप्लेजुङ, चैत्र ४ गते । मालपोत कार्यालय ताप्लेजुङले ४० लाख

पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको सुनचाँदी रिफाइन गर्न थालियो

ताप्लेजुङ, चैत्र ४ गते । पाथीभरामा सकल भएको सुन तथा

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)