पाथीभरामा कार्तिक ८ गते पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने




रेडियो काबेली
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिती र फुङलिङ नगरपालिकाको आयोजनामा प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुजा आराधाना सहित वृहत सरसफाई कार्यक्रम हुने भएको छ । विश्व शान्तिका लागि पुजा आराधना सहितको वृहत सरसफाई कार्यक्रम यहि कार्तिक ८ गते शनिबार हुने भएको हो ।
पाथीभरा क्षेत्र विकास समितीले मंगलबार एक विज्ञप्ती निकाल्दै वृहत सरसफाई कार्यक्रम जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय सहित सुरक्षा निकायका प्रमुख र सरकारी तथा गैरसरकारी कार्यालयको सहभागितामा हुन लागेको जनाएको छ ।

समितीका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत जिल्लाका संघ,संस्थाहरु, क्बलहरु, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाईटी, शिक्षक, बुद्धिजीवि, पत्रकार, जिल्लाका आम मानिस सहित पाथीभराप्रति आस्था राख्ने सरोकारवालाहरुलाई कार्यक्रममा सहभागिताका लागि आह्वान गरिएको छ ।

पाथीभरा क्षेत्र विकास समितीले सरसफाईका लागि कर्मचारी राखेको छ । उक्त कर्मचारीहरुले नियमित सरसफाई गर्ने गरेको भएतापनि विगत देखी नै समितीले समय समयमा वृहत सरसफाई कार्यक्रम गर्दै आएको छ । पाथीभराको दर्शन गर्न देशका विभिन्न क्षेत्र साथै छिमेकी मुलक भारतबाट मुख्य रुपमा दर्शनार्थी आउने गर्दछन् ।

प्रकाशित मिति : 10:43 am

प्रथम शहीद कप : उपाधिका लागि सिरिजङ्घा र सिदिङ्वा भिड्दै 

ताप्लेजुङ, माघ २१ गते । प्रथम शहीद कपको उपाधिका लागि

प्रथम सहिद कप : सिरिजङ्गा र सिदिङ्वा फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ २० गते । सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका

दृष्टिविहीनको लागि ४५ दिने आधारभुत कम्प्युटर तालिम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । ताप्लेजुङमा दृष्टिविहीनहरूको लागि ४५ दिने

आङबुहाङ वंशमा देखिएको विवादबारे खुला अन्तरक्रिया कार्यक्रम सम्पन्न

ताप्लेजुङ, माघ २० गते । आङबुहाङ वंश परिवारभित्र पछिल्लो समय

ताप्लेजुङमा काङ्ग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी बराललाई

ताप्लेजुङ, माघ २० गते । नेपाली काङ्ग्रेस ताप्लेजुङले कार्यवाहक जिल्ला