ताप्लेजुङ विकास मञ्चद्धारा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चको पहल र नेपाल मेडिकल सपोट जर्मनीको आर्थिक सहयोगमा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । बुधबार फुङलिङ नगरपालिका वडा नं.८ मा रहेको स्वास्थ्य चौकीलाई मेडिकल फ्रिज, इलेक्ट्रोसिटि ब्याकप, अटोस्कोप, ह्वील चियर, मेडिकल बेड, मेडिसिन ¥याक र मेडिकल ट्रली लगायतका ५ लाख रुपैँया बराबरका सामाग्री हस्तान्तरण गरिएको मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिनुभयो ।

उक्त सामाग्री नेपाल मेडिकल सपोट जर्मनकी अध्यक्ष उर्सुला मारिया युगेनीको प्रमुख आतिथ्यता एवं फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेन र उप–प्रमुख भिमादेवी ओझाको उपस्थितीमा हस्तान्तरण गरिएको हो । स्वास्थ्य चौकीको भवन साँघुरो रहेकोले निर्माणाधीन भवनको काम छोडेर ठेक्केदार भागेका कारण अलपत्र रहेको र यस्लाई निर्माण गरिनु पर्ने कार्यक्रममा सहभागीले आवश्यकता औँल्याए ।

उक्त भवन निर्माणका लागि चालु आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक स्रोतबाट १५ लाख रुपैँया बजेट विनियोजन गरिएको नगर प्रमुख मादेन बताउनुभयो । साथै उक्त भवनको निरीक्षण गर्दै नेपाल मेडिकल सपोट जर्मनीकी अध्यक्ष उर्सुला मारिया युगेनीले सम्भव भएसम्म सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै मञ्चले नेपाल मेडिकल सपोट जर्मनीको आर्थिक सहयोगमा नै जिल्लाको सिकैचा, खेवाङ र सिनाममा पनि १० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने मञ्चका अध्यक्ष प्रसाईले जानकारी दिनुभयो । ताप्लेजुङ विकास मञ्चले शिक्षा तथा सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आई रहेको छ ।

प्रकाशित मिति : 8:21 pm

ताप्लेजुङ विकास मञ्चद्धारा दोखु स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङ विकास मञ्चको पहल र नेपाल मेडिकल

नेपाल नेत्रज्योती संघ ताप्लेजुङद्धारा अक्षयकोषदातालाई सम्मान

रेडियो काबेलीताप्लेजुङ । नेपाल नेत्र ज्योती संघ ताप्लेजुङले अक्षयकोष दातालाई

जेनजी संगठन ताप्लेजुङको संयोजकमा गोपाल गुरागाईँ

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङमा जेनजी संगठन गठन भएको छ ।

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र