जेनजी संगठन ताप्लेजुङको संयोजकमा गोपाल गुरागाईँ




रेडियो काबेली
ताप्लेजुङ । ताप्लेजुङमा जेनजी संगठन गठन भएको छ । मंगलबार युवाहरुको भेलाबाट जेनजी संगठन जिल्ला समिती गठन भएको हो । समितीको संयोजकमा गोपाल गुरागाईँ र सह–संयोजकमा विकास ताप्मादेन चयन हुनुभएको छ । कार्यक्रममा सहभागी युवाहरूले नयाँ पुस्ताको विचार, उत्साह र ऊर्जालाई एक ठाउँमा ल्याउँदै समाजमा देखिएको अन्याय, भ्रष्टाचार र बेरोजगारी विरुद्ध आवाज उठाउने प्रतिबद्धता जनाए ।

जेनजी संगठनले भ्रष्टाचार नियन्त्रण, युवालाई रोजगार, सबैका लागि स्वास्थ्यको पहुँच, गुणस्तरीय शिक्षा र दिगो विकास भन्ने नारा सहित अबको यात्रालाई “परिवर्तनका लागि युवा जागरण” को रूपमा अघि बढाउने घोषणा गरेको छ ।
भेलामा सहभागी जेनजी युवाहरूले ताप्लेजुङ र चीनबीचको व्यापार सहज र छिटो पार्न नाकाको निर्माण कार्य छिटो सम्पन्न गर्न माग गरे । साथै, जिल्लामा बसोबास गर्ने युवाका लागि स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरे ।

प्रकाशित मिति : 6:26 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम