रेडियो काबेली
ताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र १२ मा अध्ययनरत विधार्थीका लागि छात्रवृति आवेदन आह्वान गरेको छ । बैँकले आर्थिक २०६८÷०७९ सालदेखी उपत्यका बाहिर रहेका प्रत्येक शाखाहरुबाट दुई दुई जना गरिब तथा विपन्न विधार्थीहरुलाई बिधार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृति प्रदान गर्दै आईरहेको र सोहीको निरन्तरता स्वरुप नै ताप्लेजुङ जिल्लाका लागि पनि आवेदन माग गरिएको सानिमा बैँक ताप्लेजुङका मेनेजर सुनिल भट्टराईले जानकारी दिुनभयो ।
उहाँका अनुसार छात्रवृतिका लागि आवदेक ताप्लेजुङको स्थायी बासिन्दा भएको साथै जिल्ला भित्रको सरकारी तथा सामुदायिक विद्यालयमा निरन्तर विगत तीन वर्ष अध्ययन गरी पहिलो प्रयासमा नै एसईईमा न्युनतम बी ग्रेड ल्याएको हुनुपर्नेछ । आवेदक मध्येबाट गरिब तथा विपन्न, पिछडिएको वर्ग तथा अपाङ्गता भएका उम्मेदवारको अन्तिम छनौट बैँकले गठन गरेको छात्रवृति छनौट समितिले गर्नेछ भने छात्रवृति छनौट समितिले आवेदक वा निजका परिवारका सदस्यहरुको पृष्ठिभुमि जाँच गर्न र अन्तर्वार्ता लिन सक्नेछन् ।
आवदेकहरु छात्रवृति छनौट समिति, बैँकका संचालक, व्यवस्थापन समिति तथा कर्मचारीको नजिकको नातेदार भने हुन नहुने जनाईएको छ । आवेदकले अध्ययन गर्न ईच्छाएको शैक्षिक संस्थाले आवेदकलाई अध्ययनका लागि भर्ना लिएपछि मात्र छात्रवृति प्रदान गर्नेछ भने आवेदक नियमित विधार्थीको रुपमा पठन पाठन गर्नुपर्ने बैँकले जनाएको छ ।
छात्रवृति शैक्षिक संस्थामा भर्ना भएको मितिदेखि लागु हुनेछ भने आवेदकले हाल अन्य कुनैपनि छात्रवृति नपाएको हुनुपर्नेछ । आवेदन फारम बैँकको शाखा कार्यालय ताप्लेजुङको बिरेन्द्र चोक बाट निशुल्क लिन सकिनेछ । आवेदन फाराम असोज ३१ गतेसम्म भर्न सकिने र छनोट भएको विधार्थीलाई कक्षा ११ को लागि ५० हजार र कक्षा १२ अध्ययनको लागि ५० हजार प्रदान गरिने मेनेजर भट्टराईले जानकारी दिनुभयो ।
आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कागजातहरुः
१) आवेदकको जन्मदर्ता वा नागरिकताको प्रतिलिपि
२) गरिब तथा विपन्न, पिछडिएको वर्ग तथा अपाङ्गता भएको सिफारिस वा परिचय पत्र
३) एकप्रति पासपोर्ट सार्ईजको फोटो
४) एसईईको मार्कसिट र चारीत्रिक प्रमाणपत्र
५) आवेदकले विगत तीन वर्षदेखि शाखा रहेको जिल्ला भित्र रहेका सरकारी तथा सामुदायिक विद्यालयबाट निरन्तर अध्ययन गरेको कागजात
६) बाबु आमाको नागरिकताको प्रतिलिपि
प्रतिक्रिया