सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला



ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला पर्नु भएको छ । ७० वर्षीय पूर्व वडा अध्यक्ष नरबहादुर दाहाल मृत अवस्थामा फेला पर्नु भएको हो ।

विहीबार बिहान करिब ७ः३० बजे दाहाल घर नजिकैको बाटो हिँड्ने क्रममा बाटोभन्दा करिब पाँच फिट तल रहेको कोदो बारीमा लडी घोप्टो अवस्थामा भेटिएको सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको जानकारी सोही वडाका वडा अध्यक्ष पूर्णकुमार लिम्बुले बिहान करिब ८ः४५ बजे टेलिफोन मार्फत दिनुभएको थियो ।

मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 12:00 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि