ढुङ्गा झर्दा आठराई त्रिवेणी र दोभान जोडने सडक अवरुद्ध



ताप्लेजुङ, असोज २१ गते । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका र दोभान जोडने सडक अवरुद्ध भएको छ । आठराई त्रिवेणी गाउँपालिका–५ तिलबारीमा माथिबाट ढुङ्गा झरी सडक अवरुद्ध भएको हो ।

मङ्गलबार बिहान ९ बजेको समयमा उक्त कच्ची सडक खण्डमा ढुङ्गा झर्दा सडक अवरुद्ध भई यातायात ठप्प भएको सूचना अधिकार तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अठराई त्रिवेणीदेखि दोभान आवतजावत हुने सवारी साधन ठप्प भएको छ ।

दुबै तर्फ सडक अवरुद्ध हुने गरि ढुङ्गा झरेका कारण तत्काल सडक खुलाउन नसक्ने अवस्था रहेको प्रहरीको भनाई छ । साथै ढुङ्गा हटाउनका लागि पालिकासँग समन्वय भई रहेको बताइएको छ ।

प्रकाशित मिति : 12:37 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा