ताप्लेजुङको हाङपाङमा जिप दुर्घटना हुँदा दुई जना घाइते



ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको लाफा चोक नजिकको सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनबाट फुङलिङ तर्फ आउँदै जिप दुर्घटनामा परेको हो । 

१० जना यात्रु सवार मे १ ज २५१९ नम्बरको जिप आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङको पुच्छर लाफा चोक नजिक सडकमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार १० जना मध्ये २ जना रन्जिता वनेम  र  सविना श्रेष्ठ घाइते  हुनुभएको छ । 

अन्य ८ जना यात्रु र चालक सकुशल रहेको उहाँको भनाई छ । जिप दुर्घटना पछि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको अध्यक्ष पोमूले जानकारी दिनुभएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ । 

प्रकाशित मिति : 9:49 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ