ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका हाङ्पाङको लाफा चोक नजिकको सडकमा जिप दुर्घटना हुँदा दुई जना घाइते हुनुभएको छ । आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनबाट फुङलिङ तर्फ आउँदै जिप दुर्घटनामा परेको हो ।
१० जना यात्रु सवार मे १ ज २५१९ नम्बरको जिप आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङको पुच्छर लाफा चोक नजिक सडकमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमू दिपेनले जानकारी दिनुभयो । उहाँका अनुसार जिपमा सवार १० जना मध्ये २ जना रन्जिता वनेम र सविना श्रेष्ठ घाइते हुनुभएको छ ।
अन्य ८ जना यात्रु र चालक सकुशल रहेको उहाँको भनाई छ । जिप दुर्घटना पछि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको अध्यक्ष पोमूले जानकारी दिनुभएको छ । घाइतेहरूलाई उपचारको लागि अस्पताल पठाइएको छ ।
प्रतिक्रिया