कञ्चनजङ्घा आधार शिविर भ्रमणका लागि आएका ८ जनालाई फुङलिङमै रोकियो 




ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर भ्रमणका लागि आएका ७ भारतीय नागरिक सहित ८ जनालाई फुङलिङ बजारमै रोकिएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशका विभिन्न भागमा लगातार भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगर्न भनी रोकिएको हो । 

उहाँहरूलाई फुङलिङ नगरपालिका–२ स्थित होटल ईको भ्यु पोइन्टमा सुरक्षित राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षाका सम्पूर्ण व्यवस्था मिलाइएको बताइएको छ ।

उहाँहरू भारतको कलकत्ताबाट कञ्चनजङ्घा बेस क्याम्प भ्रमणका लागि नेपाल आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगरी सुरक्षित स्थानमा राखिएको हो ।

उहाँहरूको टोलीमा भारतका अशोक परियार, सुवित बेनेजी, समु मण्डल, सुमन विश्वास, परदिन मण्डल, साटि बेनाजी र अजय कुमार हवल्दार र एक जना गाईड इलाम सन्तपुरका फुतेन्जी शेर्पा रहनुभएको छ । 

मौसम सामान्य भएपछि मात्र उहाँहरूलाई यात्राको अनुमति दिइने जिल्ला प्रशासन ताप्लेजुङले जनाएको छ  । 

प्रकाशित मिति : 6:48 pm

आवश्यक पूर्वतयारी गर्न जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको निर्देशन

ताप्लेजुङ, असोज १८ गते । निरन्तर भइरहेको भारी वर्षाका कारण

कञ्चनजङ्घा आधार शिविर भ्रमणका लागि आएका ८ जनालाई फुङलिङमै रोकियो 

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो

मेरिङदेनले बिदामा प्रसूति सेवा प्रदान गर्ने

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सार्वजनिक बिदाका

पाथीभरा मन्दीर (मुक्कुमलुङ) मा दर्शनार्थीको सङ्ख्या बढ्न थाल्यो 

ताप्लेजुङ, असोज ११ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दीर (मुक्कुमलुङ)

दुई महिनापछि ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई उडान सुरु

ताप्लेजुङ, असोज १० गते । ताप्लेजुङमा शुक्रबारदेखि हवाई उडान सुरु