मेरिङदेनले बिदामा प्रसूति सेवा प्रदान गर्ने



ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सार्वजनिक बिदाका दिनमा पनि आकस्मिक तथा प्रसूति सेवा प्रदान गर्ने भएको छ । दशैं अवधिको सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने भएको हो ।

गाउँपालिकाले ६ वटै वडामा रहेका स्वास्थ्य चौकीहरूमार्फत सार्वजनिक बिदाका दिनमा पनि आकस्मिक तथा प्रसूति सेवा सञ्चालन गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयमान लङ्वाले बताउनुभयो । उहाँका अनुसार असोज १३ देखि १८ गतेसम्म दशैंका लागि सार्वजनिक बिदा छ ।

उक्त अवधिमा पनि आकस्मिक तथा प्रसूति सेवा साविकझैँ सञ्चालनमा रहने भएको छ । गाउँपालिकाले दशैं अवधि सुरु भइसकेकाले असोज महिनाका लागि सञ्चालन हुने नियमित खोप असोज महिनाका लागि स्थगित गरेको छ । मेरिङदेन गाउँपालिकामा हरेक महिनाको ११ देखि १४ गतेसम्म नियमित खोप सञ्चालन हुँदैआएको थियो ।

प्रकाशित मिति : 6:45 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि