फुङलिङ नगरपालिका ६ को एक मतान घर जलेर नष्ट, पाँच लाख बढीको क्षति



ताप्लेजुङ, असोज ७ गते । ताप्लेजुङको फुङलिङ नगरपालिका ६ स्थित बाँजोगरामा आगलागीबाट मतान घर जलेर नष्ट भएको छ । स्थानीय मिलन गुरुङको मतान घरमा आगलागी भएको हो ।

सोमबार अपराह्‍न करिब ४ बजेको समयमा आगलागी भएको फुङलिङ नगरपालिका ६ नं. वडाका वडाध्यक्ष मदन गुरुङ ९तेज० ले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको ढुङ्गा माटोले निर्मित जस्ताको पाताले छाएको दुई तले मतान घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन ।

वडाध्यक्ष गुरुङका अनुसार घरमा कोही नभएको समयमा आगलागी भएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय लगायतको उपस्थिति नियन्त्रण लिइएको हो । आगलागीबाट करिब ५ लाख रुपियाँभन्दा बढीको क्षति भएको पालिकाले जनाएको छ । क्षतिको यकिन विवरण सङ्कलन हुन भने बाँकी रहेको छ ।

प्रकाशित मिति : 6:28 am

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि