असोज २१ गते ताप्लेजुङ आउने भनिएको मन्त्र ब्याण्ड मंसिर दुई गते आउने 



ताप्लेजुङ , असोज ३ गते । यही असोज २१ गते ताप्लेजुङ आउने भनिएको मन्त्र ब्याण्ड मंसिर दुई गते मात्र आउने भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत ङावोरक सङ्जुम्बो फुङ्लेङले कार्यक्रम सारिएको जानकारी गराएको छ । जेनजी आन्दोलनका कारण कार्यक्रम सारिएको हो । 

देश शोकमा रहेको बेलामा मनोरञ्जनात्मक कार्यक्रम गर्न उचित नभएको भन्दै कार्यक्रम सारिएको कार्यक्रम संयोजक तारानाथ बरालले जानकारी दिनुभयो ।उहाँका अनुसार सामुदायिक भवन निर्माणका लागि उक्त लाइभ कन्सर्ट गर्न लागिएको हो । 

फुङलिङ नगरपालिका–४ भानु जन माध्यमिक विद्यालयको प्राङ्गणमा हुने लाइभ कन्सर्टका लागि भारत दार्जिलिङको ब्याण्ड ताप्लेजुङ आउने तय भएको छ । फुङलिङ नगरपालिका–४ माछापोखरी टोलमा भवन निर्माणको कार्य सुरु गरिएको छ ।

करिब एक करोड ५० लाख रुपियाँमा निर्माण कार्य सकिने उक्त भवनको जग्गा खरिदका लागि १२ लाख आवश्यक परेको कोषध्यक्ष राजदिप मादेनले बताउँनुभयो । अहिले जग्गा धनीलाई करिब एक लाख रुपियाँ प्रदान गरि भवनको निर्माण कार्य धमाधम भइरहेको मादेनको भनाई छ ।

कन्सर्टमा मन्त्र व्याण्ड सँगै ताप्लेजुङकै मातृभूमि ब्याण्डको पनि प्रस्तुती रहने ङावोरक सङ्जुम्बो फुङ्लेङले जनाएको छ । उक्त कन्सर्टका लागि टिकट दर न्यूनतम ५०० रुपियाँ निर्धारण गरिएको छ ।

कार्यक्रम सम्पन्न गर्नका लागि १५ लाख ५०० हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : 6:58 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ