सुकेटार विमान स्थलमा दुई महिनादेखि उडान ठप्प



ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको सुकेटार विमान स्थलमा करिब दुई महिनादेखि हवाई उडान ठप्प भएको छ । गत साउन ५ गतेदेखि ताप्लेजुङमा मौसम प्रतिकुल भएकाले हवाई उडान प्रभावित हुँदै आइरहेको छ ।

हालसम्ममा करिब ७ ओटा उडान प्रभावित भएको नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कार्कीले बताउनुभयो । उहाँका अनुसार हाल साताको शुक्रबार उडान तालिका रहेपनि मौसमका कारण उडान सफल हुन सकिरहेको छैन । काठमाडौँबाट ताप्लेजुङका लागि जहाजले उडान भरेपनि मौसमका कारण अवतरण हुन सक्ने सम्भावना नभएपछि बीचबाटै फर्काइएको इन्चार्ज कार्कीको भनाई छ । दुई महिनाको अवधिमा तीन पटक जहाज बीचबाटै पुनः काठमाडौँ नै फर्किएको बताइएको छ ।

काठमाडौँबाट उडान हुनुपूर्व मौसम सफा नै हुने तर आइपुग्ने समयमा मौसम प्रभावित हुने भएकाले बीचबाटै जहाज फर्काउन बाध्य भएको स्टेसनले जनाएको छ । आगामी तालिका शुक्रबारका लागि रहेको छ । टिकट लिएर घण्टौँ सम्म पर्खिएर बसेका यात्रु जहाज अवतरण नहुने भएपछि पुन घर फर्कन बाध्य हुने गरेका छन् ।

धेरै समय अगाडिदेखि हवाई उडान हुन नसक्दा विशेष गरि वृद्धवृद्धा तथा बिरामी लामो दुरीको सडक मार्फत गाडीमा यात्रा गर्न बाध्य भएका छन् । लामो समयसम्म एकै ठाउँमा बसिरहन स्वास्थ्यले साथ नदिएका बिरामी तथा वृद्धवृद्धा प्रभावित हुने गरेका छन् ।

प्रकाशित मिति : 6:36 am

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि