शीतल निवास वार्ता : बिहान ९ बजे पुनः बस्ने गरी स्थगित



ताप्लेजुङ, भदौ २७ गते । शीतल निवासमा अन्तरिम सरकार गठन गर्न बिहीबारदेखि बसेको बैठकले निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार बिहान ९ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा ठुला दल र राष्ट्रपतिबिच सहमति भए पनि संविधानले तोकेको प्रक्रिया ठुलो चुनौती बनेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायाधीश कार्की, कानुनविद् ओमप्रकाश अर्याल लगायत सहभागी भएको छलफल शुक्रबार बिहान ३ बजेसम्म चलेको थियो। तर कार्कीलाई सरकार प्रमुखमा कसरी नियुक्त गर्ने भन्ने विषयमा अन्तिम निष्कर्ष नआएपछि बैठकलाई शुक्रबार बिहानका लागि सारिएको हो ।

बैठकको मुख्य एजेन्डा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व कसरी दिने भन्ने विषय थियो। तर संविधानअनुसार प्रधानमन्त्री प्रतिनिधिसभा सदस्य हुनुपर्ने प्रावधानका कारण वार्ता सहमतिमा पुग्न नसकेको हो ।

यसबिच, जेनजी आन्दोलनका युवाहरूले संसद् विघटनलाई मुद्दा बनाएपछि दबाब बढेको छ। राष्ट्रपति पौडेलले यसअघि बिहीबार नै संविधानको धारा ६१ (४) अन्तर्गत रहेको ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सकिनेरनसक्ने विषयमा संविधानविद् भीमार्जुन आचार्य, विपिन अधिकारीलगायतसँग छलफल पनि गरेका थिए।

प्रकाशित मिति : 6:31 am

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि