जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा लडेर बेहोस भएका प्रहरीको मृत्यु



ताप्लेजुङ, भदौ १३ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बेहोस हुनुभएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय असई इन्द्र भुजेलको मृत्यु भएको हो ।

शुक्रबार बिहान ड्युटीका लागि कार्यालयबाट निस्कने क्रममा अचानक बेहोस भई लडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लडेर बेहोस हुनु भएका भुजेललाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरी उपचार गर्ने क्रममा उहाँको निधन भएको प्रहरीको भनाइ छ ।

हृदयघातका कारण प्रहरी असईको मृत्यु हुन सक्ने आशङ्का प्रहरीको छ ।

प्रकाशित मिति : 9:44 pm

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका

ताप्लेजुङमा मतगणनास्थल तयार

ताप्लेजुङ, फागुन २० गते । ताप्लेजुङमा प्रतिनिधिसभा निर्वाचनको मतगणनाको लागि