जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा लडेर बेहोस भएका प्रहरीको मृत्यु



ताप्लेजुङ, भदौ १३ गते । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बेहोस हुनुभएका प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ । झापाको धुलाबारी घर भई ताप्लेजुङमा कार्यरत ४५ वर्षीय असई इन्द्र भुजेलको मृत्यु भएको हो ।

शुक्रबार बिहान ड्युटीका लागि कार्यालयबाट निस्कने क्रममा अचानक बेहोस भई लडेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार लडेर बेहोस हुनु भएका भुजेललाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पताल भर्ना गरी उपचार गर्ने क्रममा उहाँको निधन भएको प्रहरीको भनाइ छ ।

हृदयघातका कारण प्रहरी असईको मृत्यु हुन सक्ने आशङ्का प्रहरीको छ ।

प्रकाशित मिति : 9:44 pm

पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामी भएन, चाँदी भने प्रतितोला ४ हजार ३ सय रुपैयाँमा लिलाम हुँदै 

ताप्लेजुङ, माघ ४ गते । पाथीभरामा दर्शनार्थीले चढाएको सुन लिलामीका

प्रथम माघेमेला गोल्ड कप : आयोजक र लालीगुँरास फाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५० आवेदन

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङमा निर्वाचन प्रहरीका लागि ९५०

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने