खेवाङ खेलकुद महोत्सव-२०८२ सञ्चालन हुने 



साहारा लिम्बू 
ताप्लेजुङ, भदौ १२ गते ।
ताप्लेजुङमा ‘खेवाङ खेलकुद महोत्सव-२०८२’ सञ्चालन हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको खेबाङमा आगामी असोज ३० गतेदेखि कार्तिक ३ गते सम्म उक्त महोत्सव सञ्चालन हुने भएको हो । 

खेवाङ स्पोर्टीङ क्लबको आयोजनामा सञ्चालन हुने महोत्सवमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सँगै हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने खेवाङ स्पोर्टीङ  क्लबका अध्यक्ष बिनम माबो लिम्बूले बताउँनुभयो । उहाँका अनुसार म्याराथनका लागि २२ किलोमिटरको दूरी निर्धारण गरिएको छ । 

जसमा धावकहरू खेबाङ स्पोर्टीङ क्लबको खेलमैदानबाट दौडेर एकचना भन्ज्याङ हुँदै लुङथुङ–त्याम्फू–टावाटार–मानेडाडा–जहाने गाउँबाट फेरी खेलमैदान आइपुग्नु पर्ने छ । प्रतियोगिताहरूको पुरस्कार राशि र खेलमा सहभागी टिम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने अध्यक्ष माबो लिम्बूको भनाई छ ।  

महोत्सवमा फुटबलसँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरेको हो । सांस्कृतिक कार्यक्रम तर्फ धान नाच (याःलाङ), च्याब्रुङ नाच (केःलाङ) सँगै खेबाङको मौलिक नाच सरदेवी नाच प्रस्तुत गरिने छ । 

विषेश गरी खेबाङको पर्यटक प्रवर्द्धन, संस्कृति संरक्षण र मौलिकता जगेर्नाका लागि आयोजना गर्न लागिएको महोत्सवको मुख्य उद्देश्य भने खेबाङको पर्यटकीय स्थल प्रभूथुम्बा महादेव स्थलको प्रचार प्रसार र प्रवर्द्धन रहेको छ ।  

प्रकाशित मिति : 5:15 pm

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

ताप्लेजुङ । ताप्लेजुङ सहित कोशी प्रदेशका सञ्चारर्कीलाई दिइने चार दिने

सानिमा बैंक ताप्लेजुङद्धारा कक्षा ११ र १२ को छात्रवृतिका लागि आवेदन आह्वान

रेडियो काबेलीताप्लेजुङ । सानिमा बैँक ताप्लेजुङले जिल्लाका कक्षा ११ र

फुङ्लिङ नगरपालिकाकाद्वारा सडक मर्मत गरिदिन तमोर इनर्जीलाई आग्रह 

सौगात विष्ट ताप्लेजुङ, असोज २३ गते । फुङ्लिङ नगरपालिकाले तमोर इनर्जी

सिदिङ्वा गाउँपालिका–२ का पूर्व वडा अध्यक्ष मृत अवस्थामा फेला

ताप्लेजुङ असोज २३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–२ सादेवाका पूर्व

माथिल्लो ताप्लेजुङ भ्रमण दशक २०८२–९२ आह्वान

ताप्लेजुङ, असोज २२ गते । माथिल्लो ताप्लेजुङ भ्रमण दशक आह्वान