खेवाङ खेलकुद महोत्सव-२०८२ सञ्चालन हुने 



साहारा लिम्बू 
ताप्लेजुङ, भदौ १२ गते ।
ताप्लेजुङमा ‘खेवाङ खेलकुद महोत्सव-२०८२’ सञ्चालन हुने भएको छ । सिरिजङ्घा गाउँपालिकाको खेबाङमा आगामी असोज ३० गतेदेखि कार्तिक ३ गते सम्म उक्त महोत्सव सञ्चालन हुने भएको हो । 

खेवाङ स्पोर्टीङ क्लबको आयोजनामा सञ्चालन हुने महोत्सवमा आमन्त्रित पुरुष फुटबल प्रतियोगिता सँगै हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने खेवाङ स्पोर्टीङ  क्लबका अध्यक्ष बिनम माबो लिम्बूले बताउँनुभयो । उहाँका अनुसार म्याराथनका लागि २२ किलोमिटरको दूरी निर्धारण गरिएको छ । 

जसमा धावकहरू खेबाङ स्पोर्टीङ क्लबको खेलमैदानबाट दौडेर एकचना भन्ज्याङ हुँदै लुङथुङ–त्याम्फू–टावाटार–मानेडाडा–जहाने गाउँबाट फेरी खेलमैदान आइपुग्नु पर्ने छ । प्रतियोगिताहरूको पुरस्कार राशि र खेलमा सहभागी टिम पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने अध्यक्ष माबो लिम्बूको भनाई छ ।  

महोत्सवमा फुटबलसँगै सांस्कृतिक कार्यक्रम पनि समावेश गरेको हो । सांस्कृतिक कार्यक्रम तर्फ धान नाच (याःलाङ), च्याब्रुङ नाच (केःलाङ) सँगै खेबाङको मौलिक नाच सरदेवी नाच प्रस्तुत गरिने छ । 

विषेश गरी खेबाङको पर्यटक प्रवर्द्धन, संस्कृति संरक्षण र मौलिकता जगेर्नाका लागि आयोजना गर्न लागिएको महोत्सवको मुख्य उद्देश्य भने खेबाङको पर्यटकीय स्थल प्रभूथुम्बा महादेव स्थलको प्रचार प्रसार र प्रवर्द्धन रहेको छ ।  

प्रकाशित मिति : 5:15 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका